एमाले-माओवादी संसदीय दलको संयुक्त बैठक

एमाले-माओवादी संसदीय दलको संयुक्त बैठक

काठमाडौँ: पार्टी एकता प्रक्रियामा रहेका वाम गठबन्धन नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संसदीय दलको संयुक्त बैठक नयाँ बानेश्वरस्थित स‌ंसद् भवनमा बसेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार संघीय संसद्को प्रतिनिधिसभामा विश्वासको मत लिनुअघि गठबन्धनका दुवै दलले आफ्नो संसदीय दलको संयुक्त बैठक बसेको हो ।

संसदीय दलको संयुक्त बैठकलाई प्रधानमन्त्री एवम एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड' र एमालेका वरिष्ठ नेता झलनाथ खनालसहितले सम्बोधन गरेका छन् ।

पार्टी एकता गर्ने घोषणा गरेका दुवै दलले संयुक्त संसदीय दलको बैठक अभ्यास गर्दै आएका छन् । संयुक्त बैठकपछि प्रधानमन्त्रीले आइतवार अपरान्ह ४ बजे विश्वासको मत लिने कार्यक्रम छ ।

प्रधानमन्त्रीको विश्वासको मतदानमा आफ्ना सबै सांसदलाई सरकारको पक्षमा मतदान गर्न बैठकमा नेताहरुले आग्रह गरेका छन् ।

विश्वासको मतदानमा मधेस केन्द्रित दल पनि प्रधानमन्त्री ओलीको पक्षमा उभिने बताइएको छ । त्यसका लागि राजपाले प्रधानमन्त्री ओलीको पक्षमा सहयोग गर्ने बताइसकेको छ । संघीय समाजवादी फोरमले सरकारमा जाने निर्णय नै गरिसकेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.