ओलीले किन निकाले गोरुगाडा र बग्गीको प्रसङ्ग ?

ओलीले किन निकाले गोरुगाडा र बग्गीको प्रसङ्ग ?

काठमाडौँः प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पदका लागि मरिहत्ते गरिरहेका वाम गठबन्धनका दोस्रो तहका नेतामाथि कडा ब्यंग्य प्रहार गरेका छन् ।

एमाले–माओवादी संसदीय दलको आइतवार नयाँ बानेश्वरमा बसेको संयुक्त बैठकमा सम्बोधन गर्दै पदका लागि लबिङ गर्दै हिँडेका दुवै पार्टीका दोस्रो तहका नेतामाथि प्रहार गरेका हुन् ।

एमाले–माओवादी एकीकरण प्रक्रिया अघि बढिरहेको सन्दर्भमा संसदको प्रमुख सचेतकसहितका पदका लागि दुवै पार्टीबाट अलग अलग लबिङ गरिएपछि ओलीले आक्रोश पोखेका हुन् ।

उनले गोरुगाडा र घोडाबग्गीको प्रसङ्ग निकाल्दै संसदीय दलको संयुक्त बैठकबाटै कटाक्ष गरेका हुन् । ‘दुई पार्टी मिल्न लागेको अवस्थामा अलग अलग पदका लागि केही साथीहरु लबिङमा रहेको सुने’, ओलीले भने, ‘केही साथीहरु घोडा भन्दा बग्गी अगाडि लगाएर हिँडेका छन् । गोरु भन्दा गाडा अगाडि लगाइरहेका छन् । सुविधाको लोभमा यस्तो गर्न मिल्दैन ।’

चाँडै दुई पार्टी एक हुने टुंगो भइसकेको अवस्थामा केही व्यक्तिको पदका लागि फरक फरक पार्टी हुँदाको सुविधा खोजिनु गलत हुने उनको भनाई थियो । ‘चाँडै एमाले–माओवादी मिल्दैछन्, अनि गोरु भन्दा गाडा अगाडि लगाएर हाम्रा साथीहरु सुविधा लिन खोज्दैछन्’, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई पनि साथैमा राखेर ओलीले भने, ‘पार्टी मिलेपछि त्यो सुविधा नपाइने त्रासमा साथीहरु त्यस्तो लबिङमा लाग्नु खतरनाक कुरा हो ।’

गोरु भन्दा गाडा अगाडि हिँडाएर ब्याख्या गर्ने नेताहरुको कला पनि खतरनाक रहेको उनले बताए । ‘हाम्रा प्रयास सुशासन र समृद्धिमार्फत् समाजवादमा जाने कुरा प्रष्ट पारेका छौँ’, ओलीले भने, ‘हामी त्यस दिशामा गइरहेका बेला यस्ता गतिविधि सुहाउँदिला भएनन् ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.