पाँच वर्षदेखि फलामे खोरमा

पाँच वर्षदेखि फलामे खोरमा

तेह्रथुम : तेह्रथुमको आठराई गाउँपालिका-६ चुहानडाँडा, बोखिका उदयनारायण दाहाल पाँच वर्षदेखि फलामको खोरमा थुनिएका छन्।३४ वर्षीय दाहालको मानसिक सन्तुलन गुमेपछि उनलाई फलामे खोरमा थुनेर राखिएको हो। ‘पाँच वर्षजति भयो खोरमा थुनेर राखेको, उपचार गरौं भने पैसा छैन,’ उनका बुबा चुडामणि दाहालले भने, ‘यसको कसरी उपचार गर्ने यही मात्र पिरलो बाँकी छ अब।’ आर्थिक अभावको चपेटामा पिल्सिएका दाहाल परिवारले पैसा नभएकै कारण बिरामी छोराको उपचार गर्न सकेका छैनन्। उदयनारायणलाई फलामे खोरमा वैदेशिक रोजगारीले पुर्‍याएको हो।

आर्थिक अवस्था कमजोेर रहेका दाहाल परिवारले उदयनारायणलाई ऋण गरेर २०६३ सालमा विदेश पठाएका थिए। ‘एक लाख ५० हजार ऋण गरेर दुबई पठाइयो, ६ महिनापछि ७० हजार छोरोले पठायो,’ उनले भने, ‘छोराको राम्रो कमाइ भयो भने केही जोडौंला भन्ने सोच थियो तर १० महिनापछि उल्टै मानसिक सन्तुलन गुमाएर पो घर फर्कियो। अहिले वैदेशिक रोजगारीले मेरो जवान छोरोलाई नै निलिदियो।’

ललितपुरको लगनखेलस्थित मानसिक अस्पतालमा ६ महिना उपचार गरेपछि केही सञ्चो भएको थियो तर एक वर्ष नबित्तै फेरि उस्तै भएको उदयनाराणकी आमा मैनाले सुनाइन्। आफूसँग भएको सबै जायजेथा र नातागोताको सहयोगमा पाँच लाखभन्दा धेरै रकम खर्च गरे पनि छोरो ठिक नभएको बताउँदै उनले भनिन्, ‘९ महिना कोखमा राखेर जन्माएको र त्यत्तिकै दुःख गरेर हुर्काएको छोरोलाई फलामे खोरमा थुन्दा मेरो मन कति पोलेका होला ? ’ उनी विकल्प नै नभएर छोरालाई फलामे खोरमा थुनेको भन्दै भक्कानिइन्।

‘छोरालाई खोरमा नराखेको भए म पनि अहिलेसम्म जीवित हुने थिइनँ होला,’ बुबा चुणामणिले भने, ‘बिरामी भएको बेला मलाई नै बेहोस हुने गरी मुङ्ग्रोले टाउकोमा हिर्काएको थियो। यसलाई नियन्त्रणमा राख्न पनि थुन्नु परेको छ।’ फिदिमबाट ३५ हजार रुपैयाँमा फलामको खोर खरिद गरेर ल्याई त्यसमा राखेको उनले बताए।

उदयनारायण खोरभित्रै खाने कुरा खान्छन् र उनलाई खोरभित्रै शौचको प्रबन्ध मिलाइएको छकपडा फेर्न, कपाल, दाह«ी काट्न दुई÷चार जना लाठे खोजेर उनलाई बाहिर निकाल्नुपर्छ। कहिलेकाहीँ सामान्य अवस्थामा आउँदा पनि निकै बल गर्छ। चुणामणिले भने, ‘अलि राम्रो गरी औषधि गर्न पाए जाति हुने थियो ? ’

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.