सर्‍यो भीमसेन गाउँपालिका

सर्‍यो भीमसेन गाउँपालिका

गोरखा : केन्द्र विवादका कारण तीन महिनादेखि तालाबन्दी भएको भीमसेन थापा गाउँपालिकाको कार्यालय नयाँ ठाउँमा स्थापना गरिएको छ। वडा नम्बर ५ को बगुवामा रहेको कार्यालयमा तालाबन्दी भएपछि गाउँपालिकाले आइतबार वडा नं. १ घ्याम्पेशालमा स्थापना गरिएको अध्यक्ष ईश्वर पाण्डेले जानकारी दिए।

‘सरकारले पुस २४ गतेबाट लागू हुने गरी घ्याम्पेशालमा कार्यालय सञ्चालन गर्ने निर्णय गरेको थियो, त्यही निर्णय कार्यान्वयन गरियो’, पाण्डेले भने, ‘बगुवाका बासिन्दाले विरोध गरेपछि सहमतिका लागि लामो समय पर्खियौं, सहमति नजुटे पनि सरकारको निर्णय त कार्यान्वयन गर्नै पर्‍यो।’ बगुवाको तालाबन्दी भएको कार्यालय त्यत्तिकै छाडेर घ्याम्पेशालमा नयाँ कार्यालय खोलिएको हो।

कार्यालय खुलेपछिको पहिलो बैठकले स्रोतव्यक्ति उदय भट्टलाई निमित्त प्रशासकीय अधिकृत र गाउँ शिक्षा अधिकारी तोक्ने निर्णय गरेको छ। ‘लामो समयदेखि रोकिएका काम सञ्चालन गर्न आरपी भट्टलाई निमित्त प्रशासकीय अधिकृत र गाउँ शिक्षा अधिकारी तोक्ने निर्णय भयो’, गाउँपालिका अध्यक्ष पाण्डेले भने, ‘गाउँपालिका स्तरको परीक्षा सञ्चालन व्यवस्थापन तथा अनुगमन कार्यविधि २०७४ अनुमोदन गर्ने निर्णय पनि भयो।’

भट्टले बैठक बोलाउने तथा गाउँपालिकाका रोकिएका काम गर्ने उनले विश्वास व्यक्त गरे।

नयाँ कार्यालयको उद्घाटन कार्यक्रममा वडा नम्बर ४ का वडाध्यक्ष मदन शाक्य, ५ का वडाध्यक्ष प्रेमचन्द्र श्रेष्ठ र ७ का वडाध्यक्ष नारायण श्रेष्ठ सहभागी थिएनन्। उनीहरू तीनै जना माओवादी केन्द्र आबद्ध वडाध्यक्ष हुन्। प्रेमचन्द्र श्रेष्ठले आफ्नै संयोजकत्वमा गाउँपालिकाको केन्द्र बगुवामै राख्नुपर्छ भन्ने दबाब दिन संघर्ष समिति गठन गरी आन्दोलन गर्दै आइरहेका छन्।

संघर्ष समितिले भने नयाँ कार्यालयलाई कांग्रेस पार्टीको कार्यालयको आरोप लगाएको छ। ‘त्यो कांग्रेस पार्टीको कार्यालय हो, गाउँपालिकाको कार्यालय होइन’, संघर्ष समितिका लोकप्रसाद बञ्जराले भने, ‘अब हाम्रो संघर्ष सशक्त ढंगले अघि बढ्छ, गाउँपालिकाको प्रमुखको निर्णयविरुद्ध जनप्रतिरोध आन्दोलन सुरु हुन्छ।’

घ्याम्पेशालमा कार्यालय राख्नुपर्छ भन्ने पक्षका जनप्रतिनिधिको पुनर्निर्वाचन गराउन दबाब दिने निर्णय भएको उनले बताए। ‘पुनर्निर्वाचनको माग गर्दै अब जनप्रतिरोधको कार्यक्रम अघि सार्छौं’ बञ्जराले भने।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.