पर्खालले घेरिएको लोमान्थाङ दरबारमा तिजी पर्वको रौनक

पर्खालले घेरिएको लोमान्थाङ दरबारमा तिजी पर्वको रौनक
सुन्नुहोस्

जोमसोम : तिब्बतीयन कलासंस्कृति र अभूतपूर्व मौलिकता भरिएको उपल्लो मुस्ताङ विश्व समुदायमा निकै चर्चित पर्यटकीय गन्तव्य हो। यही चर्चित गन्तव्यलाई विश्व समुदाय माँझ चिनाउन यहाँको तिब्बतीयन कलासंस्कृति र मौलिकतासँग मिल्दो  उपल्लो मुस्ताङको धार्मिक तथा सांस्कृतिक चिनारी मुख्य हुन्।

उपल्लो मुस्ताङ अर्थात लोछोदिन समुदायहरूको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक पर्व तिजी आइतबारदेखि पर्खालले घेरिएको उपल्लो मुस्ताङको लोमान्थाङ दरबार परिसरमा विधिवत् औपचारिक रुपमा शुभारम्भ भएको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले जानकारी दिए। तिब्बती कलासंस्कृति र मौलिकतासँग दुरुस्तै मेल खाने उपल्लो मुस्ताङको धार्मिक तथा सांस्कृतिक पर्व ३ दिनसम्म चल्ने अध्यक्ष गुरुङको भनाइ छ।

तिजी पर्व उपल्लो मुस्ताङमा पन्धौं शताब्दीदेखि सुरुवात भएको बताइन्छ। यो पर्व उपल्लो मुस्ताङको दुई पालिकामा बसोबास गर्ने नागरिकहरूको सामूहिक धार्मिक पूजा हो। उत्तरी चीनसँग सिमाना जोडिएको उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकालाई लोछोदिन क्षेत्र भन्ने गरिन्छ। पर्वलाई पछिल्लो समय धार्मिक पर्यटनसँग जोड्नका लागि त्यहाँका स्थानीय तह, आमा समूह, युवा क्लब र पर्यटन व्यवसायी लागिपरेका छन्। 

उपल्लो मुस्ताङीको सबै भन्दा ठुलो र महत्वपूर्ण पर्वको रुपमा तिजी पर्वलाई लिने गरिएको छ। तिजी पर्व दोर्जी स्युनु अर्थात बज्रकिलाको जीवन कथामा आधारित छ। तिजी पर्वमा मुस्ताङी राजपरिवारको दिर्घायुको कामना गर्दै गरिन्छ। लामा तथा भिक्षुभिक्षुणीहरूमा सामूहिक मन्त्र उच्चारण गरी विश्वशान्तिको कामना पनि गरिन्छ। यो पर्व मुस्ताङी सांस्कृतिक राजारानी बस्ने ऐतिहासिक दरबार र दरबार परिसरमा विभिन्न कार्यक्रम गरी मनाइँदै गरेको लोमान्थाङका स्थानीयबासी छेवाङ रिन्जिन गुरुङले जानकारी दिए।

तिजी पर्वलाई  स्थानीय भाषामा तेन्जी भनिन्छ। लोछोदिन क्षेत्रमा बसोबास गर्ने समुदायहरूले तिजी पर्वको पहिलोदिन संयुक्त रुपमा धार्मिक पूजाआजा गर्दै खाँदा चढाएर आर्शीवाद ग्रहण गरे। तिजी पर्वमा छोदे गुम्बाका लामा र भिक्षुहरूले धार्मिक पूजाआजाका साथै विभिन्न देवीदेवताको मुकुट पहिरीएर धार्मिक नृत्य प्रस्तुत गरेका छन्।

तिजी पर्व शुभारम्भको पहिलो दिन ऐतिहासिक मुस्ताङी राजाको लोमान्थाङ दरबारबाट दुई तला अग्लो थान्का बाहिर निकालेर सार्वजनिक गरिएको छ। दरबार निकालिएको थान्का बर्सेनि एक पटक सार्वजनिक गर्ने धार्मिक प्रचलन छ।

पछिल्लो समय बेनी-जोमसोम-कोरला सडक सहज भएसँगै तिजी पर्व अवलोकन गर्न यसवर्ष पनि सयौं आन्तरिक तथा बाह्य पर्यटक उपल्लो मुस्ताङको लोमान्थाङ पुगेका छन्। तिजी पर्वमा विदेशी पर्यटकले निकै चाँख लगाएर हेर्ने गर्छन् भने उनीहरूले तिजी पर्वका सम्पूर्ण क्रियाकलापहरूको भिडियो र तस्बिर खिच्ने गर्छन्। 

तिजी पर्व अवलोकन लागि गतवर्ष ४४२ जना विदेशी पर्यटक उपल्लो मुस्ताङ पुगेका थिए। यसवर्ष  तिजी पर्वको सेरोफेरोमा मात्रै ४७२ जना विदेशी पर्यटक उपल्लो मुस्ताङ प्रस्थान गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.