सोमपाल कामीले लिए हङकङको दोस्रो विकेट

सोमपाल कामीले लिए हङकङको दोस्रो विकेट

काठमाडौं : जिम्बावेमा जारी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको समूहगत चरणको अन्तिम खेलमा सोमबार भइरहेको खेलमा नेपालका सोमपाल कामीले दोस्रो सफलता दिलएका छन् ।

हङकङले टस जितेर पहिले ब्‍याटिङमा जाने निर्णय गरेपछि बलिङको निम्तो पाएको नेपालका लागि उनले बबर हायातलाई खेलको ११ औँ ओभरमा पेभेलियनको बाटो देखाएका हुन् । हायातले १६ बलमा २० रन बनाउँदै राम्रो सुरुवात गरेका थिए ।

यसअघि नेपालका लागि बसन्त रेग्मीले छैटौँ ओभरमा हङकङको पहिलो विकेट लिएका थिए । उनले हङकङका कार्टरलाई २१ बलमा ९ रन बनाएको अवस्थामा पहिलो विकेटका रुपमा पेभेलियन पठाएका थिए ।

ताजा अवस्थामा हङकङ ११ ओभरको सामना गर्दै २ विकेटको क्षतिमा ५३ रन बनाएर खेलिरहेको छ । नेपालले नेपालले सुपर सिक्स चरणमा पुगेर विश्वकपममा स्थान बनाउन हङकङलाई ठुलो अन्तरले हराउनुपर्ने बाध्यता छ ।

समूहगत चरणका अघिल्ला तीन खेलमा नेपालले लगातार हार खेपेको छ । हङकङसँग पराजित भएमा नेपालको विश्वकप छनोट यात्रामा पूर्णविराम लाग्नेछ।

समूहगत चरणको तेस्रो खेलमा शनिबार अफगानिस्तानसँग ६ विकेटले पराजित भएपछि नेपालको विश्वकप छनोट र एकदिवसीय टोलीको मान्यता पाउने लक्ष्य कठिन बनेको थियो। यद्यपि अगाडि बढ्ने झिनो गणितीय सम्भावना बोकेको नेपालका लागि हङकङविरुद्धको खेल गर या मरको अवस्थामा छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.