विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ४०

विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ४०

काठमाडौँ: त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल काठमाडौंमा अवतरण गर्ने क्रममा भएको विमान दुर्घटनामा ४० यात्रुको मृत्यु भएको पुष्टि नेपाल प्रहरीले गरेकोछ ।

बंगलादेशको ढाकाबाट काठमाडौं आएको उडान नम्बर बिएस २११ युएस-बंगला एअरलाइन्सको विमान त्रिभुवन विमानस्थलको धावन मार्गमा दुर्घटनाग्रस्ता हुँदा ती यात्रुको ज्यान गएको हो ।

धावन मार्गबाट चिप्लेर भएको यस दुर्घटनापछि भएको आगलागीबाट ४० जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। यो दुर्घटनामा २२ जना यात्रु घाइते भएका छन् ।

कुल ६७ यात्रु र ४ जना चालक दलका सदस्य गरी ७१ जना रहेको उक्त बिमानमा आगलागी हुँदा ३१ जनाको शव घटनास्थलमै भेटिएको हो । केएमसी अस्पताल सिनामंगलमा उपचारको क्रममा ८ जना र शिक्षण अस्पतालमा उपचारको क्रममा १ जनाको मृत्यु भएको हो ।

घाइतेमध्ये १६ जनाको केएमसी अस्पताल सिनामंगलमा, ५ जनाको नर्भिक अस्पतालमा र १ जनाको ओम अस्पतालमा उपचार भइरहेको छ ।

नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बलको टोली खटिई गई दमकलको सहयोगमा आगो पूर्णरुपमा नियन्त्रणमा लिनुको साथै थप उद्धार गिएको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.