विमान दुर्घटना: ४९ को मृत्यु, २२ यात्रु घाइते

विमान दुर्घटना: ४९ को मृत्यु, २२ यात्रु घाइते

काठमाडौं: त्रिभुवन विमानस्थलमा युएस-बंगला एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ४९ पुगेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी विश्वराज पोखरेलले मृतकको सं‌ख्या ४९ पुगेको जानकारी दिए । उनका अनुसार धेरैजनाको विमानस्थलमै ज्यान गएको हो भने अन्यको विभिन्न अस्पतालमा मृत्यु भएको हो ।

यो दुर्घटनामा अन्य २२ जना यात्रु घाइते भए छन्। पोखरेलका अनुसार काठमाडौँ मेडिकल कलेज सिनामंगल, सिभिल अस्पताल, नर्भिक अस्पताल ओम अस्पतालमा एक, बाँसबारी न्यूरो अस्पताल र मेडिसिटी अस्पतालमा पनि घाइतेको उपचार भइरहेको छ ।

विमानस्थलको उत्तरतर्फबाट अवतरणका क्रममा दुर्घटनामा परेको विमानमा ६७ जना यात्रु र चार चालक दलका सदस्य थिए ।

विमानमा ३३ जना नेपाली, ३२ जना बंगलादेशी, २ माल्दिभ्स र एकजना चिनियाँ नागरिक सवार थिए । विमानलाई पाइलट पृथुला रशिदसहित चालक दलका सदस्य ख्वाजा हुसेन र इन्जिनियर रकिबुल हुसेनले चलाएका थिए ।

त्रिभुवन विमानस्थल कार्यालयका महाप्रवन्धक राजेन्द्र क्षेत्रीले यो विमान एयर ट्राफिक कन्ट्रोलरको निर्देशन पाइलटले अटेर गर्दा दुर्घटनामा परेको बताएका छन् ।

विमानमा सवार भएकाहरु

नेपाल:

शिला बजगाईं
अल्जिना बराल
चारु बराल
सोबिन्द्रसिंह बोहरा
वसन्त बोहरा
समिरा व्यञ्जनकार
प्रविन चित्रकार
सजना देवकोटा
प्रिन्सी धामी
ज्ञानीकुमारी गुरुङ
दिनेश हुमागाईं
श्रेया झा
पूर्णिमा लोहनी
मिली महर्जन
निगा महर्जन
सञ्जय महर्जन
केशव पाण्डे
प्रसन्न पाण्डे
विनोदराज पौड्याल
हरिशंकर पौडेल
सञ्जय पौडेल
आशिष रञ्जित
कृष्णकुमार सहनी
आश्ना शाक्य
सनम शाक्य
एञ्जिला श्रेष्ठ
सरुना श्रेष्ठ
हरिप्रसाद सुवेदी
दयाराम ताम्राकार
डा. बालकृष्ण थापा
स्वेता थापा
किशोर त्रिपाठी
अवधेशकुमार यादव

बंगलादेश:

फैसल महम्मद
शहरिन अहमद
इकुव अली
फुज्जमान अली
अल्मुन नहर एन्नी
बिल्किस एरा
बेगम हुरुन नहर बिल्क्विस बानु
एमएसटी अख्तरा बेगम
एमडी शाहीन बेपारी
नाजिया अफ्रिन चौधरी
एमडी रिज्वनुल हक
एमडी रोकिबुल हसन
मेहदी हसन
एमराना कबिर हासी
एमडी कबिर हुसेन
सञ्जिदा हुक
एमडी हसन इमाम
मोहम्मद नसरुल इस्लाम
अखी मोनी
मिनाज बिन नासिर
एफएच प्रिओक
तमर्रा प्रिओनमोइ
मोदुर रहमान
महमुदुर रहमान
ताहिरा तन्विन शाशी रेजा
पियास रोय
शेख रसिद रुवायत
युमी सलिमा
सैयादा कम्रुन्नहार शवार्ना
अनिरुद्द जमान
एमडी नुरुज जमान
एमडी रफिक्ज जमान

चीन:

झ्याङ मिङ

माल्दिभ्स:

रिजाना अब्दुल्ला

चालक दल:

पृथुला रसिद (पाइलट)
ख्वजा हुसेन
रकिबुल हुसेन 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.