जहाज दुर्घटना छानबिन गर्न ६ सदस्यीय समिति
काठमाडौँः मन्त्रिपरिषद्को आकस्मिक बैठकले युएस–बांग्ला विमान दुर्घटनाको छानबिन गर्न ६ सदस्यीय समिति गठन गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सोमबार साँझ बसेको आकष्मिक बैठकले युएस–बांग्ला एयरलाइन्सको विमान दुर्घटनासम्बन्धी छानबिन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्रालयका पूर्वसचिव यज्ञप्रसाद गौतमको संयोजकत्वमा ६ सदस्यीय उच्चस्तरीय जाँचबुझ समिति गठन गरेको छ ।
त्यस समितिका सदस्यहरुमा नेपाली सेनाका प्रमुख सेनानी डा. राजीव देव, क्याप्टेन के.के शर्मा, क्याप्टेन सुनील प्रधान, इञ्जिनियर उद्धव प्रसाद सुवेदी र सदस्य सचिवमा पर्यटन मन्त्रालयका सह–सचिव बुद्धिसागर लामिछाने रहेका छन् ।