विमान दुर्घटनाका उपचाररत १० घाइतेको अवस्था

विमान दुर्घटनाका उपचाररत १० घाइतेको अवस्था

काठमाडौं : सोमबार भएको विमान दुर्घटनामा घाइते भएका २२ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। २२ जना मध्ये काठमाडौं मेडिकल कलेजमा १० जनाको उपचार भइरहेको छ। यी मध्ये ६ जनाको अवस्था गम्भीर छ।

ग्रान्डी अस्पतालमा उपचार भइरहेका चारजना मध्ये एकजना बोल्न नसक्ने अवस्थामा  छन्। उनको आइसीयुमा उपचार भइरहेको चिकित्सकले जनाएका छन्। नर्भिक अस्पतालमा उपचार भइहरेका ५ मध्ये १ को अवस्था गम्भीर छ।

मेडिसिटी, ओम र न्युरो अस्पतालमा एक/एकजनाको उपचार भइरहेको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूलाई पनि आइसियुमा राखेर उपचार भइरहेको छ।

उपचार भइरहेका मध्ये १० नेपाली नगारिक हुन्। दुर्घटनामा २२ नेपालीसहित ४९ जनाले ज्यान गुमाएका छन्। 

मन्त्रिपरिषदले युएस बङ्गला विमान दुर्घटना सम्बन्धमा छानबिन गर्न पूर्वसचिव यज्ञप्रसाद गौतमको संयोजकत्वमा ६ सदस्यीय जाचँबुझ आयोग गठन गरेको छ। 

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सोमबार साझ बसेको बैठकले प्रमुख सेनानी डा. राजीव देव तथा क्याप्टेनत्रय केके शर्मा, सुनील प्रधान र उद्धवप्रसाद सुवेदी र सदस्यसचिवमा सहसचिव बुद्धिसागर लामिछाने रहेको समिति गठन गरेको हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.