पार्किङ वे खाली नहुँदा ८ जहाज आकाशमै
काठमाडौँः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पार्किङ वे खाली नहुँदा ८ वटा जहाज आकाशमै होल्ड भएका छन् । त्रिभुवन विमानस्थल कार्यालयका प्रवक्ता प्रेम ठाकुरका अनुसार जहाजको उच्च चापका कारण पार्किङ वे खाली नहुँदा ८ जहाज आकाशमै होल्ड भएका हुन् ।
विभिन्न देशबाट आएका ठुला जहाजलाई नेपाल–भारत सीमाक्षेत्रकै आकाशमा होल्ड गराइएको छ ।
होल्ड भएका विमानहरुमा चाउना साउर्दन एयरलाइन्स, दिल्लीबाट आएको जेट एयरवेज, क्वालालाम्पुरबाट आएको मालिन्डो एयर, कोलकाताबाट आइरहेको राष्ट्र संघको जहाज, ढाकाबाट आएको विमान बंगालादेश एयरलाइन्सका सहित जहाज आकाशमै होल्ड भएका हुन् ।
त्यसैगरी बुद्ध एयरसहितका केही आन्तरिक उडानलाई पनि आकाशै होल्ड गरिएको छ ।