व्यवसायीमाथि गोली प्रहारको विरोधमा भैरहवा बजार बन्द

व्यवसायीमाथि गोली प्रहारको विरोधमा भैरहवा बजार बन्द

भैरहवा : भैरहवामा व्यवसायीलाई लक्षित गरी गोली प्रहार गरेको र प्रहरीले उल्टो पीडितलाई केरकार गरेर दुःख दिएको विरोधमा भैरहवा बजार बन्द गरिएको छ।सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीका सदस्य हरिश सेठियामाथि भएको गोली प्रहार र प्रहरीले पीडितलाई थप दुःख दिएको तथा शहरमा चोरी डकैती बढेको भन्दै संघले मंगलबार भैरहवा बजार बन्दको आह्वान गरेको छ ।

गएराति सिद्धार्थ उद्योग वाणिज्य संघका सदस्य हरिश सेठियामाथि गोली प्रहार भएको थियो । तर, गोली नलागेको कारण उनी जोगिएका थिए ।विद्युतीय व्यवसायी सेठिया सोमबार राति आफ्नो प्रतिष्ठान बन्द गरेर घर जाने क्रममा भारतीय नम्बरको मोटरसाइकलमा आएका दुईजना व्यक्तिले उनीमाथि गोली प्रहार गरेका थिए ।

गोली प्रहार गरेर भाग्ने क्रममा स्थानीयले ‘सुटर' लाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् । गोली प्रहार गरेर भाग्ने क्रममा नल कटुवा पेस्तोलसहित भारतको महाराजगंज जिल्ला थाना कोतवाली मोनजोत ग्राम पंचायत नौतनवाका ४६ वर्षीय रमजान मुसलमान पक्राउ परेको प्रहरीले जनाएको छ । घटनामा प्रयोग गरिएको यूपी ५६ ई ४१४९ नम्बर प्लेट डिस्कभर मोटरसाइल समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

साथै उनको साथबाट नलकटुवामा लोड भई फायर भएको अवस्थामा खोका एक थान र गोली एक थान बरामद भएको छ । मोटरसाइकल चालक भने फरार रहेका छन् । उनी पनि भारतीय नागरिक रहेको बताइएको छ । तर, व्यवसायीले भने घटनाका दोषीलाई अनुसन्धानको दायरामा ल्याएर कारबाही गर्नुको साटो प्रहरीले उल्टो पीडितलाई अन्याए हुने काम गरेको आरोप लगाउँदै बजार बन्द गरेका हुन् ।

व्यवसायीहरुले बजार बन्द गरी जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा कारवाहीको माग गर्दै ज्ञापन पत्र बुझाएका छन् । ज्ञापन पत्र बुझ्दै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले घटना दुःखद् भएको भन्दै प्रहरीलाई अनुसन्धानमा सहयोग गर्न आग्रह गरे । उनले बजार बन्द गरेर समस्याको समाधान नहुने भन्दै बन्द नगर्न व्यवसायीलाई आग्रह गरे ।

भैरहवाको मुख्य बजार क्षेत्रमा संङसाँझै व्यवसायी माथि भएको यस प्रकारको जघन्य अपराधले हामी उद्योगी व्यवसायीलाई मात्र नभई सम्पूर्ण नगरवासीमा भय, र त्रास सृजना भएको छ संघले बुझाएको ज्ञापन पत्रमा उल्लख गरिएको छ विगतमा केही दिन देखि नगर क्षेत्रमा आम नागरिकको घरमा चोरीको घटना समेत बढ्दै गएको देखिएपनि सुरक्षा निकायबाट यस विषयमा कुनै संवेदनशिलताको आभाष आम नागरिकले गर्न नसकेको व्यहोरा अवगत गराउँछौँ । साथै संघले घटनाको छानबिन गरी दोषीमाथि कारवाहीको माग गरेको छ ।

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.