विमान दुर्घटनाबारे बुझ्न बंगलादेशका मन्त्री सहितको टोली काठमाडौंमा
काठमाडौं : बंगलादेशका पर्यटन तथा नागरिक उड्ययन मन्त्रीसहितको उच्च स्तरीय प्रतिनिधि मण्डल काठमार्डौ आइपुगेको छ। सोमबार दिउसो सवा दूई बजेतिर भएको युएस बंगला एयरलाइन्सको विमान दुर्घटनाको विस्तृत विवरण बुझ्नको लागि मन्त्रीसहितको ६ सदस्यीय टोली काठमार्डौ आइपुगेको हो।
टोलीमा बंगलादेशका पर्यटन तथा नागरिक उड्ययन मन्त्री एकेएम शहजान कमल र नागरिक उड्ययन प्राधिकरण प्रमुखसहित सरकारी कर्मचारी र विमान कम्पनीका प्रतिनिधि रहेको विमानस्थल कार्यालयका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिए।
जहाज दर्घटनाको अडियो क्लिप सार्वजनिक भएसँगै दुई देशका नागरिक उड्ययनले एकले अर्कालाई आरोप लगाएका थिए। यसअघि बिहानमात्रै विमान दुर्घटनाका घाइते तथा मृतकका परिवार पनि काठमार्डौ आइसकेका छन्।