मेयरमाथि आक्रमण गरेको आरोपमा पाँच पक्राउ

मेयरमाथि आक्रमण गरेको आरोपमा पाँच पक्राउ

धनगढी : कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीमाथि सोमबार साँझ गरिएको आक्रमणमा संलग्न भएको आरोपमा प्रहरीले पाँचजनालाई पक्राउ गरेको छ। प्रदेश नम्बर ७ का प्रहरी प्रमुख माधव नेपालले मंगलबार साँझ पाँचजना पक्राउ परेको जानकारी दिए।

सोमबार राति ८ बजेतिर घोडाघोडी नगरपालिका १ सुखड बजारमा रहेको आफ्नै घरमा मेयर चौधरीमाथि तीन जनाको समूहले गोली हानेर र खुकुरी प्रहार गरी घाइते बनाएको थियो। मेयर चौधरीको टाउकोमा खुकुरीले प्रहार गर्दा ठूलो घाउ लागेको छ भने घुँडामुनी र कम्बरमा गोली लागेको छ।गोली र

खुकुरी प्रहारबाट घाइते भएका मेयर चौधरीलाई सोमबार राति कोहलपुर मेडिकल कलेज र मंगलबार बिहान नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं लगिएको छ। उनको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

उनको तिघ्रामा लागेको गोली अझै पनि निकाल्न बाँकी रहेको तर अवस्था भने सुधार भइरहेको अस्पतालमै रहेका थारु विद्यार्थी संघका केन्द्रीय अध्यक्ष कमलसिह रानाले बताए। चिकित्सकले खुकुरी प्रहारबाट लागेका घाउ ठिक भएपछि मात्र गोली निकाल्ने बताएका छन्।

गोली हानेको आरोपमा प्रहरीले पाँचजनालाई पक्राउ गरी सोधपुछ गरिरहेको जनाएको छ। प्रहरीले पक्राउ परेका कसैको नाम भने सार्वजनिक गरेको छैन। प्रदेशको राजधानी धनगढी देखि झण्डै ५० किलोमिटर पूर्वमा रहेको सुखडमा कैलालीका प्रहरी उपरीक्षक विनोद घिमिरे आफै खटिएका छन्।

पक्राउ गरिएका पाँच जनाको बयानबाट घटनामा संलग्नको पहिचान भइसकेको र पक्राउ परेमा मध्ये पनि केही व्यक्ति घटनामा संलग्न रहेको उपरीक्षक घिमिरेको भनाइ छ। आक्रमणमा संलग्न केही व्यक्ति फरार रहेकाले प्रहरीले खोज तिब्र बनाएको छ।

आक्रमणकारीले छोड गएको से २ प ३६७१ नम्बरको सुजुकी मोटरसाइल भने चोरीको भेटिएको छ। सेती अञ्चल यातायात व्यवस्था कार्यालयमा सोधपुछ गर्दा उक्त नम्बरको मोटरसाइकल टीकापुरका एकजना थारु माओवादी नेताको नाममा रहेको खुलेको प्रहरीले जनाएको छ। थारुको नाममा रहेको यही नम्बर मोटरसाइकल यामाहा कम्पनीको हो।

प्रहरीले पक्राउ परेका मध्ये तीन जना विप्लप नेतृत्वको माओवादीका कार्यकर्ता रहेको बताइएपनि प्रहरीले भने त्यसको पुष्टि गरेको छैन। प्रहरीले बुधबारसम्म घटनाको पूरा विवरण सार्वजनिक गर्ने बताएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.