रक्षामन्त्री पोखरेललाई भारतीय राजदूत पुरीले भेटे

रक्षामन्त्री पोखरेललाई भारतीय राजदूत पुरीले भेटे

काठमाडौँ: रक्षामन्त्री ईश्वर पोखरेलसँग नेपालस्थित भारतीय राजदूत मञ्जीवसिंह पुरीले शिष्टाचार भेट गरेका छन् ।

सिंहदरबारस्थित रक्षा मन्त्रालयमा आज भएको भेटमा मन्त्री पोखरेलले नेपाल र भारतबीचको सम्बन्ध प्रगाढ रहेको र यस प्रकारको सम्बन्ध दुवै देशका सरकार र जनताबीच मात्र नभई प्रकृति प्रदत्तरुपमा नै विकास हुँदै गएको बताए ।

नेपाली सेनाको क्षमताको विकासका लागि भारत सरकारले पुर्‍याउँदै आएको सहयोग र सद्भावप्रति आभार प्रकट गर्दै उनले आगामी दिनमा पनि निरन्तर सुमधुर सम्बन्ध रहने अपेक्षा राखे ।

राजदूत पुरीले नेपाल–भारतबीचको सम्बन्ध घनिष्ठ रहेको र दुवै देशबीच सामाजिक तथा सांस्कृतिकरुपमा पनि मजबुत रहेको चर्चा गरे ।

राजदूत पुरीले नेपाली सेनाले सुरक्षाको क्षेत्रमा पुर्‍याएको अन्तर्राष्ट्रिय योगदानको सराहना गर्दै नेपाली सेनाको क्षमता अभिवृद्धिका लागि तालीम, उपकरण र अन्य विभिन्न क्षेत्रमा सहयोग निरन्तर रहने बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.