गुल्मी रेसुङगाको सामुदायिक वनमा आगलागी
गुल्मी : गुल्मीको सदरमुकाम नजिकै रेसुगास्थित गौशालामा आगलागी भएको छ । रेसुंगानगरपालिका १४ पराल्मीको फूलबारी सामुदायिक वनबाट सुरु भएको आगो गाउँसम्म पुगेको हो ।
वनमा लागेको आगो गौशालाक्षेत्रतर्फ फैलिदै गएको रेसुंगा नगरपालिका १४ का वडाअध्यक्ष थम्मन बहादुर केसीले जानकारी दिए । अहिले प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालको नेतृत्वमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीसहित स्थानीयले आगलागी क्षेत्रमा पुगेको प्रहरीले बताएको छ ।