'बाउन्सर’को प्रयोग गरेर आफ्नै साथीको हत्या

'बाउन्सर’को प्रयोग गरेर आफ्नै साथीको हत्या

सुरुङ्गा : विर्तामोडमा रहेको ऋद्धिसिद्धि ज्वेलर्सका सञ्चालक पारसकुमार देवले आफ्नै साथीको हत्या गरेको खुलासा भएको छ ।

उनले आफ्नै पसलमा राखेका ‘वाउन्सर’को प्रयोग गरेर देवा ज्वेलर्सका सञ्चालक साजन मुखियाको हत्या गरेको खुलासा भएको हो । गत फागुन २० गतेदेखि बेपत्ता बनेका साजनलाई पारसले विर्तामोडस्थित आफ्नै घरमा पु¥याएर हत्या गरेको प्रहरीले आज पत्रकार सम्मेलन गरी घटनाका विषयमा जानकारी गराएको हो ।

घटनामा संलग्न भएको भन्दै ऋद्धिसिद्धि ज्वेलर्सका सञ्चालक २९ वर्षीय देवसहित विर्तामोड–८ त्रिवेणी टोल निवासी १९ वर्षीय दीपेश पौडेल र तेह्रथुमको छातेढुंगा– ८ घर भई विर्तामोड– ३ सैनिक मोड बस्दै आएका २३ वर्षीय प्रकाश भनिने चिरञ्जीवी ओलीलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

उनीहरुलाई मानव अपहरण तथा शरीर बन्धक, खुन डाका र संगठित अपराधअन्तर्गत मुद्दामा म्याद थप गरी अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक विष्णुकुमार केशीले जानकारी दिनुभयो । पक्राउ परेका ओली माओवादीका पूर्व लडाकु भएको बताइएको छ । उनी ऋद्धिसिद्धि ज्वेलर्समा ‘वाउन्सर’का रुपमा कार्यरत रहेको बताइएको छ ।

प्रहरीले उनीहरुका साथबाट घटनामा संलग्न भएको एक थान स्कुटर र सुनका गहरगहना , सिमसहितका छ थान मोबाइल सेटसमेत बरामत गरेको प्रहरी उपरीक्षक केसी बताए । घटनामा संलग्न अन्य व्यक्ति पनि रहेकाले उनीहरुको खोजी गरिरहेको प्रहरीले जनाएको छ । हत्यामा संलग्नमध्ये ओलीलाई प्रहरीले तेह्रथुमको संग्रान्ती बजारबाट सोमबार नियन्त्रणमा लिएको जनाएको छ ।

गत फागुन २० गते श्रीमतीलाई मार्केट पुगेर आउँछु भन्दै हिँडेका उनी एकाएक बेपत्ता भएका थिए । बेपत्ता बनेका मुखियाको धारिलो हतियार प्रयोग गरी हत्या गरेको अवस्थामा सोमबार मात्र शव फेला परेको थियो । उनको शव इलामको रोङ गाउँपालिका–३ कोल्बुङ ९मेची राजमार्गको लसुने–अर्यालचोक सडकखण्डको जमुने डाँडा०मा सडकबाट करिब १०० फिट तल जुटको बोरामा राखेर फालिएको अवस्थामा भेटिएको थियो ।

यता सुन व्यवसायीको हत्याको विरोधमा आज विर्तामोड उद्योग वाणिज्य संघ र नेपाल सुनचाँदी व्यवसायी संघ झापाले विर्तामोड बजार बन्द गराएका थिए । रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.