गृह मन्त्रालयमा जिम्मेवारी हेरफेर

गृह मन्त्रालयमा जिम्मेवारी हेरफेर

काठमाडौँः गृह मन्त्री राम बहादुर थापाले गृह मन्त्रालयका केही सहसचिवहरुको जिम्मेवारी हेरफेर गरेका छन् । गृहमन्त्री थापाले गृह मन्त्रालयको प्रवक्ता एवं शान्ति सुरक्षा महाशाखा प्रमुखमा सहसचिव रामकृष्ण सुवेदीलाई ल्याएका छन ।

राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रका कार्यकारी निर्देशक रहेका सुवेदीलाई गृहमन्त्री थापाले शान्ति सुरक्षा महाशाखा प्रमुखको जिम्मेवारी दिएका हुन् ।

गृह मन्त्रालयले परिचय पत्र व्यवस्थापन केन्द्रमा कृष्णबहादुर राउतलाई ल्याएको छ । मन्त्रालयले सुवेदीलाई मंगलबार शान्ति सुरक्षा महाशाखा प्रमुख एवं प्रवक्ताको जिम्मेवारी सहितको पत्र दिएको थियो ।

सुवेदी बुधवारबाट शान्ति सुरक्षा महाशाखामा हाजिर भएका छन् । तत्कालिन गृहमन्त्री जनार्दन शर्माले सुवेदीलाई पहिलो पटक शान्ति सुरक्षा महाशाखा प्रमुखको जिम्मेवारी दिएका थिए । माओवादी केन्द्रले गृह मन्त्रालयको जिम्मेवारी पाएसँगै सुवेदीले दोस्रो पटक शान्ति सुरक्षा महाशाखा प्रमुख बन्ने अवसर पाएका हुन् ।

तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले जनार्दन शर्मालाई गृहमन्त्रीबाट हटाएसँगै शान्ति सुरक्षा महाशाखाबाट सुवेदी समेत हटाइएका थिए । देउवाले गृहमन्त्रीको समेत जिम्मेवारी सम्हालेपछि नारायणप्रसाद शर्मा दुवाडीलाई शान्ति सुरक्षा महाशाखा प्रमुख बनाएका थिए ।

शान्ति सुरक्षा महाशाखाबाट दुवाडीलाई अहिले नीति तथा योजना महाशाखामा लगिएको छ । उक्त महाशाखाका प्रमुख केदार न्यौपानेलाई विपत व्यवस्थापन महाशाखा प्रमुखमा लगिएको छ ।

शान्ति सुरक्षा महाशाखा प्रमुखको जिम्मेवारी प्रत्यक्ष रुपमा मुलुकको शान्ति सुरक्षासँग जोडिने र गृहमन्त्रीसँगै निकट भएर काम गर्नुपेर्ने भएकाले समेत उक्त महाशाखालाई महत्वपुर्ण मानिद ैआएको छ । गृहमन्त्री परिवर्तन भएसँगै राजनीति र व्यक्तिगत सम्वन्धका आधारमा शान्ति सुरक्षा महाशाखा प्रमुख समेत परिवर्तन हुँदै आएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.