बिहे गर्न नमानेको भन्दै निर्घात कुटपिट

बिहे गर्न नमानेको भन्दै निर्घात कुटपिट

महेन्द्रनगर : कैलालीको घोडाघोडी नगरपालिकामा बोक्सीको आरोपमा किशोरी माथी कुटपिट भएको घटना सेलाउन नपाउदै कञ्चनपुरमा समेत एक युवतीलाई निर्घात कुटपिट गरिएको छ।

कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं. ५ बनगाउँ बस्ने २४ वर्षिया सुनिता चन्दलाई निर्घात कुटपिट गरिएको हो। घरमै बसिरहेको समयमा बुधवार बिहान उनी माथि कुटपिट भएको हो। भीमदत्त नगरपालिका १० गड्डाचौकीका २७ बर्षिय राकेश चन्दले सुनिताको घर मै गएर कुटपिट गरेको प्रहरीले जनाएको छ।

‘ हामी आमा छोरी घरमै बसिरहेका बेला आएर एक्कासी कुट्न थाल्यो’ सुनिताकी आमा जयन्ती चन्दले भनिन्,‘ किन कुटपिट गरेको भन्दै रोक्न खोज्दा मलाई समेत कुटपिट ग¥र्यो’। उनका अनुसार घरभित्र पसेर उसले खुट्टा तथा हातले शरिरका विभिन्न भागमा कुटपिट गरेको हो। घरमा तताउन राखेको घिउ समेत छोरीको शरीरमा खन्याइदिएको उनले बताईन्।

आफूसंग बिहे गर्नुपर्ने भन्दै उसले छोरीलाई कुटपिट गरेको जयन्तीले बताईन्। ‘ उसले बिहे गर्न भन्दै छोरीलाई पहिले देखी नै धम्काउने र पिट्ने गरेको रहेछ’ उनले भनिन्,‘ तीन महिना अघि जिल्ला प्रहरी कार्यालयमै घरपरिवारको उपस्थितीमा कागज गरेर अब केही नगर्न सहमति भएको थियो’। उनले सहमति पछि बुधवार(आज) घरमै आएर मार्न खोजेको भन्दै आफ्नो परिवारको सुरक्षा हुनुपर्ने बताईन्। कुटपिटबाट सुनिताको आँखामा गम्भिर चोट लागेको छ।

प्रहरीका अनुसार हातका औलाले सुनिताका आँखामा घोचेको र उनको अनुहारमा तातो उम्लिएको घिउँ फ्याकिएको थियो। युवतीको आँखा र अनुहारको भाग किनै सुन्निएको अवस्थामा छ। शरीरमा समेत चोट रहेको बताईएको छ। सुनिता माथि कुटपिट भए लगत्तै उपचारका लागि महेन्द्रनगरस्थित आँखा अस्पताल ल्यार्ईएको थियो।

आँखामा गम्भिर समस्या देखिएकाले अस्पतालले थप उपचारका लागि उनलाई गेटा आँखा अस्पताल पठाएको छ। अस्पतालका अनुसार उनको आँखाबाट रगत बगिरहेको छ। उनी माथि कुटपिट गर्ने राकेश चन्द फरार रहेको र उनको खोजि कार्य भइरहेको कञ्चनपुर प्रहरी प्रवक्ता डीएसपी ज्ञानबहादुर सेट्टीले जानकारी दिए। ‘ घरमै गएर युवतीलाई मार्नै खोजेको जस्तो देखिन्छ’ डीएसपीले भने,‘ हामीले युवकको खोजी कार्य समेत गरिरहेका छौं’।

जिल्ला प्रहरी कार्यालयका अनुसार युवतीमाथि घरमै गएर निर्घाट कुटपिट गर्ने युवकलाई ज्यानमार्ने उद्योग अन्र्तगत मुद्वा दर्ता गरेर कारबाही गर्ने तयारी भइरहेको छ।‘ पीडित पक्षको जाहेरी आइपुगेको छैन्’ डीएसपी सेट्टिले भने,‘ जाहेरी आए लगत्तै हामी मुद्वा दर्ता गरेर कारबाही थाल्छौं’। प्रहरीले कुटपिट गरे लगत्तै उनी गड्डाचौकी भएर भारत तर्फ भागेको हुन सक्ने अनुमान गरेको छ। उनका एकजना सहयोगीलाई पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.