गणेश लामाको हातमा कसरी पुग्यो प्रहरीको पेस्तोल ?

गणेश लामाको हातमा कसरी पुग्यो प्रहरीको पेस्तोल ?

काठमाडौँ : विभिन्न आपराधिक क्रियाकलापका कारण विवादमा आइरहने काभ्रेली युवा गणेश लामालाई प्रहरीले प्रयोग गर्ने पेस्तोलसहित पक्राउ गरिएको खुलेको छ।

गौशालास्थित इन्द्रेणी कम्प्लेक्समा जिम गरेर फर्कने क्रममा रहेका लामाको साथमा रहेको पेस्तोलबाटै गोली चलेको पुष्टि पनि महानगरीय प्रहरी परिसर, टेकुले गरेको छ।

गोली चलेपछि पुगेको प्रहरीको टोलीले लामाको साथबाट प्रहरीले प्रयोग गर्ने पेस्तोल र त्यसमा लाग्ने ६ थान गोली पनि बरामद गरेको थियो। बुधबार राति पक्राउ परेका लामालाई अहिले परिसरमा राखेर अनुसन्धान थालिएको छ।

तर लामाले भने आफूलाई अन्य समूहले आक्रमण गरेको बयान दिएका छन्। उनले आफ्नो साथमा रहेको पेस्तोल बुझाउन खोज्दा खोज्दै प्रहरीले पक्राउ गरेको दाबी पनि गरेका छन्।

यसैबीच राजधानीको गौशालाबाट बुधबार राति प्रहरीले पक्राउ गरेका गुन्डा नाइके नेता गणेश लामालाई महानगरीय प्रहरी परिसर टेकु लगिएको छ। चाइनिज पेस्तोल र ६ राउन्ड गोलीसहित पक्राउ गरिएका लामालाई प्रहरिले हातहतियार खरखजाना मुद्दामा अनुसन्धान गर्ने भएको छ।

बुधवार महानगरी प्रहरी वृत गौशालामा राखिएको थियो। काठमाडौ प्रहरी परिसरका प्रबक्ता डिएसपी मोहनकुमार थापाका अनुसार लामाको साथबाट पेस्तोल बरामद भएपछि मुद्धा चलाउन लागिएको छ। तर लामाले मुचुल्कामा सहि गर्न मानेका छैनन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.