घरेलुको तालिम : लगानी करोडौँ, उपलब्धि शून्य

घरेलुको तालिम : लगानी करोडौँ, उपलब्धि शून्य

बाजुरा : घरेलु तथा साना उद्योग विकास कार्यालय बाजुराले दिएका तालिममा उपलब्धी शून्य देखिएको छ। करोडौंको लगानीमा उद्यम विकास तालिम दिइए पनि तालिम पछि काम नगर्ने प्रवृत्तिले लगानी उपलब्धविहीन बनेको हो।

जिल्लामा २ हजार ७१ जनालाई सीपमुलक तालिम दिइएको भएपनि तालिम लिएका व्यक्‍तिको उपलब्धि भने शून्यजस्तै देखिएको उद्योग अधिकृत नरबहादुर खड्काले बताए।

वैदशिक रोजगारबाट मुक्‍त गरी स्वदेशमै रोजगारीको व्यवस्था गर्ने उद्देश्यले तालिम दिइएको भएपनि यसको सही कार्यान्वयन नभएको उनले बताए।तालिमबाट ज्ञान लिएकामध्ये केहीले काम गरेको भएपनि सोचेजस्तो परिणाम भने पाइएको छैन। तालिममा युवायुवतीहरु सहभागी हुने तर प्रमाण पत्र बुभेपछि सम्पर्कमा समेत नआउने गरेको खड्काले बताए।

कार्यालयले हालसम्म ११ सय १९ जना महिला र ९ सय ५२ जना पुरुष गरी जम्मा २ हजार ७१ जनालाई विभिन्न सीपमुलक तालिम दिएको उनले जनाकारी दिए।

तालिम दिएपछि सम्बन्धित संस्थाहरुले अनुगमन तथा मल्याङ्गकन नगर्दा करौडौँ रकम बालुवामा पानी हालेजस्तै हुने गरेको सरोकारवाला बताउँछन्।घरेलु तथा साना उद्योग विकास समितिले आरन व्यवसाय,सिलाइकटाइ,फलफूल प्रशोधन, बाँस निकाला, मोबाइल मर्मत, पलम्बरलगायतका थुप्रै तालिम प्रदान गरिएको थियो।तालिमसँगै विभिन्न किसिमका औजार र सामाग्री समेत वितरण गरेको कार्यालयले जनाएको छ।

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.