मेयरमाथि आक्रमण गर्ने चार सार्वजनिक

मेयरमाथि आक्रमण गर्ने चार सार्वजनिक

कैलाली : घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीमाथि भएको सांघातिक आक्रमणमा संलग्न भएको आरोपमा प्रहरीले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका चार कार्यकर्ता सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीमा बिहीबार बिहान पत्रकार सम्मेलनको आयोजना गर्दै प्रहरीले घोडाघोडी नगरपालिका १ लक्ष्मीपुरका ४० वर्षीय कमल क्षेत्री, सोही ठाउँका भरतबहादुर शाह, धनगढी उपमहानगरपालिका ८ का पूर्णप्रसाद खनाल, र टीकापुर नगरपालिका १ का हृदयराज बोगटीलाई सार्वजनिक गरेको हो ।

कमल क्षेत्री विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका राष्टिय युवा जनसेवक संगठन कैलाली अध्यक्ष हुन् । त्यस्तै भरतबहादुर शाह घोडाघोडी नगर सचिव तथा पार्टीका जिल्ला कमिटि सदस्य हुन् । पूर्णप्रसाद खनाल विप्लव माओवादीका धनगढी इञ्चार्ज हुन् भने हृदयराज बोगटी टीकापुर नगर सचिव हुन् ।

उनीहरु मेयर चौधरीमाथि भएको आक्रमणका बेला उनको घर बाहिर रहेको समुहमा संलग्न भएको कैलालीका प्रहरी उपरीक्षक विनोद घिमिरेले बताए । यी चारसहित १३ जना विरुद्ध किटानी जाहेरी परेकाले उनीहरु विरुद्ध ज्यान मार्ने उद्योगमा कैलाली जिल्ला अदालतमा मुद्धा दर्ता गरिएको चौधरीको भनाइ छ ।

प्रहरीले अन्य नौ जनाको खोजी भइरहेको पनि जनाएको छ । मेयर चौधरीको काठमाडौं त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको र अवस्था खतरामुक्त रहेको बताइएको छ । मेयर चौधरीको कम्बरमा गोली लागेको छ भने टाउकोमा पनि घाउ भएकाले उक्त घाउ ठीक भएपछि मात्रै कम्बरको गोली निकालिने बताइएको छ ।

प्रहरीले यसअघि पनि विप्लव नेतृत्वको माओवादीले मेयर चौधरीसँग चन्दा माग गरेको, धम्क्याउने गरेको र प्रेस विज्ञप्ती प्रकाशित गर्दै जनकारबाहीको चेतावनी दिँदै आएको जनाइएको छ । चौधरी माथि जनकारबाही गर्नका लागि विप्लव माओवादीले घटना भएको दिन निकालेको विज्ञप्ती पछि प्रहरीले मेयर चौधरीलाई सुरक्षा थ्रेट बढेको बताएको थियो ।

उनी काठमाडौं गएको भनेपछि प्रहरी फर्किएको उपरीक्षक घिमिरेले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.