न्यायलयलाई व्यवस्थित गर्ने कामु प्रधानन्यायाधीशको उद्घोष : अब सर्वोच्चमा संग्राहालय

न्यायलयलाई व्यवस्थित गर्ने कामु प्रधानन्यायाधीशको उद्घोष : अब सर्वोच्चमा संग्राहालय

काठमाडौं : कायम मुकायम प्रधानन्यायाधीश दीपक जोशीले अब न्यायलयलाई व्यवस्थित गरेर लाने बताएका छन् । बिहीबार सर्वोच्च अदालतमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कामु प्रधानन्यायाधीश जोशीले यस्तो बताएका हुन् । न्यायपरिषदको बुधबारको पत्रले सर्वोच्चको विवाद समाधान भइसकेकाले अब व्यवस्थित ढंगले अघि बढ्न उनको भनाइ छ ।

‘अब सर्वोच्चमा देखिएको विवाद समाधान भइसक्यो, अब व्यवस्थित गरेर अघि बढ्छु,’ कामु जोशीले भने, ‘पञ्चवर्षे रणनीतिक योजना छन्, यसलाई सफल बनाउनेतर्फ मेरो कदम अगाडि बढ्छ ।’ कामु जोशीले सर्वोच्चका मुद्दाको पेसीलाई व्यवस्थापन गर्नेतर्फ समेत आफ्नो ध्यान जाने बताए ।

उनले आफ्नो निर्णय आफैं गर्नु नहुनेमा जोड दिए । ‘आफ्नो विषयमा आफैं निर्णय गर्नु राम्रो हुँदैन’, कामु जोशीले भने, ‘यस्तो अवस्थामा परिस्थिति हेरेर कहिले एक कदम पछाडि सर्नुपर्छ भने कहिले एक कदम अगाडि बढ्नुपर्छ र सही कदम चाल्नुपर्छ ।’

जोशीले न्यायपालिकाको सुधारका लागि छानबिन गर्न बनेका समितिले तयार पारेका प्रतिवेदन कार्यान्वयन, राज्यका तीन अंग व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकालाई विवाद रहित बनाउन पहल गर्ने, न्यायपालिकालाई बिचौलीया र चलखेलबाट मुक्त गर्नेलगायत प्रतिबद्धता जनाएका छन् ।

त्यस्तै कामु जोशीले एतिहासिक सामाग्रीको संरक्षण र अध्यानका लागि सर्वोच्च अदालतमा संग्राहालय स्थापना गर्ने घोषणा गरेका छन् । उक्त संग्राहालयमा अदालतका एतिहासिक सामाग्री, जानकारी, प्रयोग भएका सामाग्री, फैसलालाई व्यवस्थित गरेर राख्ने बताए ।

पत्रकार सम्मेलनमा सेवानिवृत प्रधानन्यायाधीशलाई बिदाई गर्ने परम्परा रहेको सम्झाउँदै पत्रकारले गोपाल पराजुलीको बिदाई हुन्छ कि हुन्न भन्ने विषयमा राखेको जिज्ञासाको जवाफमा कामु जोशीले प्रक्रिया पूरा भएपछि मात्र सबै काम हुने बताए । जोशीले आफू आजमात्र कामु भएको र आफू प्रधानन्यायाधीश बनेपछि मात्र उहाँको बिदाई कार्यक्रम हुने बताए ।

'सल्लाहमै पराजुली पदमा नरहेको पत्र लेखिएको हो'

कामु जोशीले आफूसँगको व्यक्तिगत छलफलमा नै प्रधानन्यायाधीश गोपाल पराजुली पदमा नरहेको जानकारी सम्बन्धी पत्र न्याय परिषदका सचिवले लेखेको बताएका छन् ।

सर्वोच्चको कामु प्रधान न्यायाधीश बनेपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै जोशीले यस्तो खुलासा गरेका हुन् । ‘व्यक्तिगत रुपमा मसँग छलफल भएपछि नै न्यायपरिषदका सचिव नृपध्वज निरौलाले प्रधान न्यायाधीश गोपाल पराजुली पदमा नरहेको जानकारी सम्बन्धमा पत्र लेख्नुभएको हो’, सचिवलाई यस्तो पत्र लेख्ने अधिकार छ ? भन्ने पत्रकारको प्रश्नको जवाफमा कामु प्रधान न्यायाधीश जोशीले भने, ‘यो अधिकार न्यायपरिषद् ऐन २०७३ ले प्रष्टसँग दिएको छ ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.