प्रधानन्यायाधीशले बुझाए राष्ट्रपतिसमक्ष राजीनामा

प्रधानन्यायाधीशले बुझाए राष्ट्रपतिसमक्ष राजीनामा

काठमाडौं : बुधबार न्याय परिषद्का सचिवले पदमा नरहेको जानकारी गराएका प्रधानन्यायाधीश गोपाल पराजुलीले राष्ट्रपतिसमक्ष राजीनामा बुझाएका छन्।

पराजुलीले बिहीबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राजीनामा बुझाएको राष्ट्रपति कार्यालयका उपसचिव केशव घिमिरेले अन्नपूर्ण अनलाइनलाई जानकारी दिए ।

पराजुलीले राजीनामा बुझाउँदै आफूलाई पदमा नरहेको जानकारी गराउने न्यायपरिषद् सचिवद्वारा हस्ताक्षरित पत्र बदर गर्न राष्ट्रपतिलाई अनुरोध गरेका छन्।

राष्ट्रपति कार्यालयले पराजुलीले राजीनामा बुझाएको जानकारी ढिलागरी विज्ञप्तिमार्फत् गराएको छ । पराजुलीले राजीनामा दिएको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दवाडीले विज्ञप्तिमार्फत् जानकारी गराएका छन् । पराजुलीले संविधानको धारा १३१ को खण्ड (क) बमोजिम बिहीबार राजीनामा पत्र बुझाएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रधानन्यायाधीश पराजुलीको जन्ममिति विवाद तन्किँदै जाँदा सर्वोच्च अदालतमा यसअघि कहिल्यै नदेखिएको भाँडभैलो मच्चिएको थियो। बुधबार पराजुलीले आफ्नाविरुद्ध सुनियोजित षड्यन्त्रको डिजाइन रचिएको भन्दै पदबाट कुनै हालतमा नहट्ने अडान राखेका भए पनि बिहीबार राजीनामा दिएका हुन् ।

बुधबार पनि सर्वोच्च अदालतका आठ न्यायाधीशले इजलासमा बस्न अस्वीकार गरेका थिए । न्यायाधीशहरू दीपकराज जोशी, विश्वम्भरप्रसाद श्रेष्ठ, हरिकृष्ण कार्की, ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई, सपना प्रधान मल्ल, अनिलकुमार सिन्हा र प्रकाशमानसिंह राउतले मुद्दा हेर्न अस्वीकार गरेका हुन् । इजलासमा बस्न अस्वीकार गर्ने केही न्यायाधीशले बिदाका लागि प्रधानन्यायाधीश पराजुलीसमक्ष निवेदनसमेत दिएका थिए ।

‘बेन्च’मा नबसेका कारण न्यायाधीश भट्टराई र मल्ल संलग्न संयुक्त इजलासमा तोकिएका गम्भीर र अत्यावश्यक मानिने सर्वसाधारणका ‘बन्दी प्रत्यक्षीकरण’ रिटको सुनुवाइसमेत हुन सकेको थिएन ।

न्यायालयमा ‘सर्वोच्च’ भाँडभैलो

सल्लाहमै पराजुली पदमा नरहेको पत्र लेखिएको हो


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.