यूएस बंगलाको काठमाडौं-ढाका उडान एक महिना बन्द
काठमाडौं : यूएस बंगालले जहाज अभाव देखाउँदै एक महिनाका लागि काठमाडौं-ढाकाको नियमित उडान रद्द गरेको छ। यूएस बंगालका एक नेपाल प्रतिनिधिले दिएको जानकारी अनुसार करिब पाँच देखि छ हप्तासम्मको लागि उडान रद्द गरिएको हो।नियमित उडानका लागि जहाज नभए पछि केही समयका लागि रद्द गरिए पनि उडान भने बन्द गरिएको छैन।
कम्पनीसँगै रहेका चार जहाजमध्ये एउटा एयक्राफ्ट गत सोमबार अवतरणका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना परेको थियो।बंगला एयरका नेपाल प्रतिनिधिका अनुसार कम्पनीसँग रहेका दुई अन्य जहाजले विभिन्न गन्तव्यका उडान गरिरहेका छन्।
एउटा जहाज भने नियमित मर्मतमा रहेका कारण उडान रद्द गरेको जनाएको छ। मर्मतमा रहेको जहाजले पाँचदेखि ६ साताबाट उडान सुरु गरेसँगै फेरि नेपालमा उडान सुरु हुने कम्पनीले जनाएको छ।
तत्कालका लागि उडान रद्द गरेको बंगालले एयरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई पनि सूचना दिएको छैन्। एयरले उडान तालिका भने नराखेको विमानस्थल कार्यालयका प्रवक्ता प्रेमनाथ ठाकुरले बताएका छन्।
गत सोमबार भएको युएस बंगलाको जहाज दुर्घटनामा २५ बंगाली, एक चिनियाँ, एक माल्दिभ र २२ नेपाली गरी ४९ जनाले ज्यान गुमाएका थिए।दुर्घटनाका घाइतेमध्ये दुई उपचारपछि घर फर्किएका छन् भने २० उपचाररत छन्। एक बंगाली नागरिकलाई भने थप उपचारका लागि सिंगापुर लगिएको छ।