क्रिकेटमय सामाजिक सञ्जाल

क्रिकेटमय सामाजिक सञ्जाल

काठमाडौं : नेपालको अस्थिर राजनीति किनारा लाग्दै गर्दा न्यायपालिकाभित्रको विवादको विषय बुधबार र बिहीबार खुबै पेचिलो बन्यो । दोस्रो पटक राष्ट्रपतिको शपथ लिएकी राष्ट्रपति विद्यादेवी भण्डारीको शपथग्रहण कार्यक्रम र न्यायाधीशको भूमिकाका विषयले बिहीबार साँझसम्म खुबै चर्चा पायो ।

तर, दुई दिनको सबै अन्तरकथालाई नेपाली क्रिकेट टोलीको सफलताले एकाएक बिर्साइदिएको छ । केहीबेर अघिसम्म राजनीति र न्यायालयका विषयमा गालीगलौजले रंगिएका सामाजिक सञ्जालका भित्ता एकाएक क्रिकेटमय बन्यो । एकदिवसीय विश्वकप छनोटअन्तर्गत प्ले अफ खेलमा नेपालले पपुवान्युगिनीलाई ६ विकेटले पराजित र नेदरल्यान्ड्सले हङकङलाई ४४ रनले हराएपछि नेपालले एकदिवसीय क्रिकेट टोलीको मान्यता पायो ।

यस खुसीलाई सामाजिक सञ्जालमा राजनीतिज्ञदेखि सर्वसाधारणसम्मले साटेका छन् । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्डले) नेपाल एकदिवसीय मान्यता पाउन सफल भएकोमा खुसी व्यक्त गर्दै भनेका छन्- ‘नेपाललाई खेलकुदको क्षेत्रबाट विश्वसामु चिनाउन क्रिकेट टोलीले खेलेको भूमिका प्रशंसनीय छ । हाम्रो यो ठूलो सफलता हासिल गर्न मेहनत गर्ने नेपाली क्रिकेट टिमलाई हार्दिक बधाई तथा थप प्रगतिको कामना ।’

पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको ट्विट गर्दै खेलाडी र प्रशिक्षकसहित सिंगो नेपालीलाई बधाई दिएका छन् । कांग्रसकै युवा नेता गगन थापाले ट्विटमार्फत नेपाली टोलीलाई बधाई दिँदै भनेका छन्- ‘लामो समयको सपना समकार ।’

यसैगरी कांग्रेस नेता रामचन्द्र पौडेलले ऐतिहासिक सफलताका लागि नेपाली क्रिकेटलाई बधाई भन्दै खुसी साटेका छन् । क्यानकी पूर्वसीईओ भावना घिमिरेले टोलीलाई बधाई दिएकी छन् । टोलीका कप्तान पारस खड्काले सबैलाई बधाई दिँदै नेपालीको जित भन्दै गर्व गरेका छन् । क्रिकेट टोलीको फोटो फेसबुकमा पोस्ट गर्दै प्रशिक्षक जगत टमटाले पनि सबै नेपालीसँग खुसी साटेका छन् । एमालेका नेता प्रदीप ज्ञवालीले पनि खुसी साट्दै नेपाली टोलीलाई बधाई दिएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.