थ्रीस्टार उपाधि नजिक

थ्रीस्टार उपाधि नजिक

 

बुटवल : बलियो प्रतिस्पर्धी मनाङ मर्स्याङदी क्लबलाई पाखा लगाउँदैै थ्रीस्टार क्लब तिलोत्तमा गोल्डकप फुटबलको उपाधि नजिक पुगेको छ । बिहीबार बुटवलमा भएको अन्तिम सेमिफाइनल खेलमा मनाङलाई २-१ गोलले पाखा लगाउँदैै थ्रीस्टार उपाधि नजिक पुगेको हो । उपाधिका लागि थ्रीस्टारले नेपाल पुलिससँग प्रतिस्पर्धा गर्नेछ ।

देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा भएको खेलको पहिलो हाफको २३औं मिनेटमा विदेशी खेलाडी फोलोरेङ्कको गोलसँगै पाएको अग्रता कायम गर्न नसक्दा मनाङ फाइनल पुग्नबाट वञ्चित भयो । फोलोरेङकले विशाल राईको पासलाई हेडमार्फत जाली चुमाएका थिए ।

तर मनाङको अग्रता एक मिनेट पनि टिक्न सकेन । थ्रीस्टारका बुद्ध चेम्जोङले बललाई जाली चुमाउँदै खेललाई बराबरीमा ल्याएका थिए । मनाङका गोलरक्षक विशाल श्रेष्ठलाई बिट गर्दै चेम्जोङले आकर्षक गोल गरेका थिए ।

पहिलो हाफको ३९औैं मिनेटमा कप्तान नीराजन खड्काको गोलसँगै थ्रीस्टारले २-१ को अग्रता बनाएको थियो । खड्काकै गोल निर्णायक बनेपछि थ्रीस्टार फाइनलमा पुगेको हो । खड्काले रेजिन धिमालको क्रसलाई हेडमार्फत पोस्टको दिशा दिएका थिए ।

खेलको दोस्रो हाफमा दुवै टोलीले पाएका सुनौलो मौका गुमाएका थिए । खेलको अन्तिम समयमा मनाङका विमल बस्नेतले डीबक्समा पाएको सुनौलो अवसर गुमाएका थिए । मनाङका अञ्जन विष्ट घाइते भएर मैदानबाट बाहिरिएपछि मनाङको फाइनल पुग्ने आशा समाप्त भएको हो ।

मनाङका प्रशिक्षक विनोद महर्जनले खेलाडीले पाएका अवसर गुमाउँदा हार्नु परेको बताए ।

थ्रीस्टारका प्रशिक्षक मेघराज केसी भने खेलाडीको प्रदर्शनमा सन्तुष्ट देखिए । उनले फाइनलमा अझै सशक्त प्रदर्शन गर्ने बताए ।

बिहीबारको खेलमा थ्रीस्टारका बुद्ध चेम्जोङ म्यान अफ दी म्याच बने । प्रतियोगिताको फाइनल खेल शनिबार हुनेछ ।

थ्रीस्टारसँग उपाधिका लागि प्रतिस्पर्धा गर्न लागेको पुलिसले आयोजक रूपन्देही-११ लाई सडेन डेथमा हराउँदै फाइनलमा स्थान बनाएको हो ।

रूपन्देही फुटबल संघको आयोजनामा जारी प्रतियोगिताको विजेताले नगद सात लाख ७७ हजार सात सय ७७ तथा उपविजेताले चार लाख ४४ हजार चार सय ४४ रुपैयाँ प्राप्त गर्नेछन् ।

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.