अतिक्रमण रोक्दा कुटपिट

 अतिक्रमण रोक्दा कुटपिट

गाईघाट : सार्वजनिक जग्गा अतिक्रमण रोक्न खोज्दा बिहीबार ७० वर्षीय वृद्धासहित एकै परिवारका तीन जनामाथि कुटपिट भएको छ ।

त्रियुगा नगरपालिकाको पोर्ताहा झोरा टोल चोकमा रहेको जग्गामा स्थानीय पुल्कित चौधरीले अतिक्रमण गरी घर बनाउन खोज्दा स्थानीयले रोकेका थिए । स्थानीयको अगुवाइ गर्दै घर निर्माण गर्न नदिएको भन्दै पुल्कितका भाइ शिवनारायण र बहिनी मौसम चौधरीले ७० वर्षीय सुखरी चौधरी, उनका छोरीहरू सन्सारी र सरस्वती चौधरीलाई कुटपिट गरेका हुन् ।

घरमा बसिरहेका उनीहरूलाई शिवनारायणले दिउँसो ४ बजे मरणासन्न हुने गरी कुटपिट गरेको उदयपुरका एसपी नवराज भट्टले जानकारी दिए । वृद्ध सुखरीको टाउको र उनका छोरीहरूको शरीरका विभिन्न भागमा चोट लागेको जनाइएको छ । उनीहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । घटनामा संलग्न अभियुक्तलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयमा पटक–पटक छलफल भई सार्वजनिक जग्गा अतिक्रमण गरी घर नबनाउने सहमति भएको स्थानीय दुर्गानन्द चौधरीले बताए । प्रहरीले पनि अतिक्रमित जग्गा सार्वजनिक भएको भन्दै घर नबनाउन निर्देशन दिएको उनको भनाइ छ । जग्गा संरक्षणका लागि वकालत गर्दा शिवनारायण समूहले आफूलाई मार्ने धम्की दिएको उनले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.