ग्यास लिक हुँदा श्रीमान् श्रीमती घाइते
विराटनगर : विराटनगर महानगरपालिका- ५ का मनोजकुमार श्रेष्ठ र उनकी पत्नी स्मिता आगोले पोलेर घाइते भएका छन्। श्रेष्ठको घरमा शुक्रबार बिहान ९ बजे भान्सा कोठामा खाना पकाउने क्रममा ग्यास लिक भएर अचानक आगलागी भएको थियो।
आगो नियन्त्रण गर्ने क्रममा पोलेर दुवैजना घाइते भएको प्रहरीले जनाएको छ। दुवैजनाको शरीरका विभिन्न भागमा आगोले पोलेको छ। घाइतेको कोसी अञ्चल अस्पताल विराटनगरमा उपचार भइरहेको जानकारी प्रहरीले दिएको छ।
प्रतिक्रिया दिनुहोस !
४