घरेलु महिलाको प्रयासले महाअभियानको रुप लिँदै

घरेलु महिलाको प्रयासले महाअभियानको रुप लिँदै

काठमाडौं : आलोकनगरका केही घरेलु महिलाले एक वर्ष अघि सुरु गरेको सानो प्रयास महाअभियानको रुपमा परिणत भएको छ । आलोकनगरमा बसोबास गर्ने महिलाको समुहले आफ्नो घर आँगन सफा राख्न सुरु गरेको प्रयास महाअभियानको रुपमा विकास भएको हो ।

घरमा दिनभर टिभी र सिरियल हेरेर दिन कटाउने महिलाहरु अहिले काठमाडौं सरसफाइको अभियानका अभियन्ता बनेका छन् । ‘अहिले हाम्रो अभियान ४५ औं हप्तामा चलेको छ।’ समुहकी अभियन्ता पर्मिला पौडेलले भनिन्, ‘अहिले हाम्रो प्रयासमा सहयोग गर्ने थुप्रै थपिनुभएको छ ।’

उक्त समुहले शुक्रबार मिनभवन आसपासमा विशेष अभियान चलायो । जसमा काठमाडौं महानगरपालिका समेत सहभागी भएको थियो । महानगरपालिकाका वातावरण विकास प्रमुख हरी कुँवरले भने, ‘नगरमा भएका यस्ता अभियानमा सहयोग गर्ने उद्येश्य अनुसार हामी आजको कार्यक्रममा सहभागी भएका हौं ।’

नयाँ बानेश्वरबाट नेपाल कमर्श क्याम्पस जाने बाटो अहिले सफा टिलिक्क परेको छ । त्यसका लागि शुक्रबार बिहान काठमाडौं महानगरपालिका, ग्रिन सिटि अस्पताल, चक्रपथ सफाई अभियानका अभियन्ता लोक वहादुर टण्डन, महिला वातावरण विभाग, सिभिल अस्पताल एवं नेपाल कमर्श क्याम्पस अन्तरर्गत युनियनमा आवद्ध विद्यार्थी सहभागी भएका थिए ।

सडकमा जथाभावी फालिने फोहर अहिले सडक छेउमा रहेका डष्टविनमा फाल्न थालिएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.