चार राज्यमन्त्रीले प्रधानमन्त्री ओलीबाट लिए शपथ

चार राज्यमन्त्रीले प्रधानमन्त्री ओलीबाट लिए शपथ

काठमाडौं : शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका छन्। ११ जना नयाँ मन्त्रीले राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएलगत्तै चार राज्यमन्त्रीले प्रधानमन्त्रीबाट पद तथा गोपनीयताको शपथ लिएका छन्।

पद्‍मा अर्याल स्वास्थ्य तथा जनसंख्या, गोकुलप्रसाद बाँस्कोटा सञ्चार तथा सूचना प्रविधि, धनबहादुर बुढा संस्कृति, पर्यटन तथा नागरिक उड्यन र रामकुमारी चौधरी कृषि, भूमि व्यवस्था तथा सहकारी राज्यमन्त्रीको रुपमा प्रधानमन्त्रीबाट पद तथा गोपनीयताको शपथ लिएका हुन्।

शुक्रबारको मन्त्रिपरिषद् विस्तारसँगै ओली नेतृत्वको सरकार २२ सदस्यीय बनेको छ।

संघीय समाजवादी फरोरम र राजपा पनि सरकारमा सहभागी हुने बताइएको भए पनि शुक्रबारको मन्त्रिपरिषद् विस्तारमा मधेसकेन्द्रीत दलका मन्त्री बनेनन्। संविधान संशोधनको अडानलाई चर्को रुपमा अघि सार्दै आएका मधेसवादी दलले केही बुँदामा लिखित सहमतिपछि मात्र सरकारमा सहभागी हुने अडानलाई दोहोर्याएका छन्।

२५ जना मात्र मन्त्री बनाउँनुपर्ने संवैधानिक व्यवस्था अनुसार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रधानमन्त्री ओलीले फोरमलाई दुई मन्त्री र एक राज्यमन्त्री दिने गरी सहमति गर्ने तयारी गरेका छन्।

यी हुन ओलीका २२ सारथी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.