नयाँ मन्त्रालयकी कान्छी मन्त्री बीना मगर

नयाँ मन्त्रालयकी कान्छी मन्त्री बीना मगर

काठमाडौँ: सरकार विस्तारका क्रममा बनाइएको नयाँ मन्त्रालयको जिम्मेवारी नेकपा माओवादी केन्द्रकी नेतृ बीना मगरले पाएकी छन् ।

प्रधानमन्त्री ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी बुहारी समेत रहेकी ३४ वर्षीया बीनालाई नयाँ अर्थात् खानेपानी मन्त्रालयको जिम्मेवारी सुम्पेका हुन् ।

प्रदेश नम्बर ७ बाट नेकपा माओवादी केन्द्रकी एक्ली महिला सांसद बीना मगरले सम्भवत: सबैभन्दा कान्छी मन्त्रीकारुपमा खानेपानी मन्त्रालय सम्हालेकी हुन् ।

नेकपा माओवादी केन्द्रका सात नम्बर प्रदेश ईन्चार्ज लेखराज भट्टले यसअघि खुमलटारमै पुगेर पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसमक्ष बीनाको नाम केपी ओली नेतृत्वको सरकारमा मन्त्रीका लागि सिफारिस गरेका थिए ।

प्रदेश ७ बाट विजयी एक्ली महिला

कञ्चनपुर निर्वाचन क्षेत्र नं १ बाट वाम विजयी भएकी मगर प्रदेश नं ७ बाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने एक्ली महिला पनि हुन् । माओवादीको भागमा परेका सात मन्त्रालयमध्ये प्रदेश ७ बाट भट्ट नै मन्त्री बन्ने चर्चा चलिरहेको थियो । तर उनले बीनाको नाम प्रदेश ७ बाट मन्त्रीका लागि पार्टी अध्यक्षकहाँ सिफारिस गरेका थिए ।

नेकपा माओवादी केन्द्र प्रदेश नम्बर ७ का प्रचार प्रसार प्रमुख ओमविक्रम भाटले बीनाको नाम यो प्रदेशबाट सिफारिस गरिएको बताएका थिए । ‘प्रदेश सातको मन्त्रिपरिषद्का पनि महाकालीबाट पार्टीका एकजना पनि मन्त्री बनेका थिएनन् । दुवै मन्त्री साविकको सेति अञ्चलबाट परेका थिए’, भाटले भने, ‘साविकको महाकालीबाट कोही पनि मन्त्री नबनेको अवस्थामा संघीय मन्त्रिपरिषद्मा सात नम्बर प्रदेबशबाट बीनालाई मन्त्री बनाउने प्रस्ताव अध्यक्षकहाँ गरेका थियौँ ।’

कैलाली निर्वाचन क्षेत्र नं ५ बाट उठेकी आरजु राणा देउवा र कैलालीकै निर्वाचन क्षेत्र नं १ बाट प्रतिस्पर्धामा रहेकी वाम गठबन्धनकी उम्मेदवार गरिमा शाह पराजित भएपछि बीनामात्रै प्रदेश ७ बाट प्रतिनिधि सभामा विजयी भएकी एक मात्र महिला सांसद हुन् ।

प्रदेश सभामा पनि साविकको महाकाली अञ्चलबाट मा‌ओवादीले कसैलाई मन्त्री नबनाएकाले संघीय मन्त्रिपरिषद्‍मा उनी सदस्य बन्न सफल भइन् ।

दशवर्षे जनयुद्धका क्रममा २७ महिने हिरासत जीवन बिताएकी मगरले निर्वाचनकै प्रचारप्रसारका क्रममा पति एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका छोरा प्रकाश दाहालको असामयिक निधन हुँदासमेत प्रचारप्रसार गर्न नसकेको अवस्थामा भारी मतले विजयी भएकी थिइन् ।

संविधानसभाको निर्वाचनमा झिनो मतअन्तरले पराजित भएकी उनी यो पटक भने भारी मतले विजयी भइन् । कञ्चनपुरको निर्वाचन क्षेत्र नं १ मा वाम गठबन्धनबाट नेकपा माओवादी केन्द्रको उम्मेदवार भई ३८ हजार ४६८ मत ल्याई मगर विजयी भएकी थिइन् ।

उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दिवानसिंह विष्टले १९ हजार २१९ मत ल्याएका थिए । विष्टलाई मगरले १९ हजार २४९ मतको फराकिलो अन्तरले पराजित गरेकी थिइन् ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.