रेशम चौधरीको अनशन गृहमन्त्रीले तोडाए
काठमाडौँ: आफूलाई सांसद्मा सपथ गराउनुपर्ने माग गर्दै १५ दिनदेखि आमरण अनशनमा रहेका टीकापुर हत्याकाण्डका आरोपी रेशम चौधरीको अनशन गृहमन्त्री रामबहादुर थापा बादलले तोडाएका छन् ।
कैलाली कारागारमै रहँदा आमरण अनशनमा बसेका चौधरीलाई काठमाडौँ ल्याइएपछि पनि अनशन जारी राखेका थिए । शुक्रबार साँझ गृहमन्त्री रामबहादुर थापाले वीर अस्पतालमा पुगेर चौधरीलाई जुस खुवाएर अनशन तोडाएका हुन् ।
गृहमन्त्रीले राष्ट्रिय जनता पार्टीका शीर्ष नेताहरू, तथा अन्य सांसदको उपस्थितिमा जुस पिलाएर चौधरीको आमरण अनशन तोडाएका हुन् ।
गृहमन्त्री थापाले चौधरीको स्वास्थ्य ठीक भएपछि सपथ ग्रहण र प्रमाणपत्रको ब्यवस्था गर्ने आश्वासन दिएको राजपाका एक नेताले जानकारी दिए ।