गोपाल पराजुलीविरुद्ध अवहेलना मुद्दा कामु प्रधानन्यायाधीश जोशीको इजलासमा
काठमाडौं : निवर्तमान प्रधानन्यायाधीश गोपाल पराजुलीविरुद्ध दायर अदातको अवहेलना मुद्दाको पेशी कायममुकायम प्रधान न्यायाधीश दीपकराज जोशीको इजलासमा तोकिएको छ। फागुन २५ मा मनोजकुमार अधिकारीले पराजुलीविरुद्ध मुद्दा दायर गरेका थिए।
डा. गोविन्द केसीको मुद्दा लडिरहेका अधिवक्ता डा. सुरेन्द्र भण्डारीलाई मुद्दा मिलाउन दवाब दिएको लगायतका दावी गर्दै अधिकारीले पराजुलीको कार्य सम्पादनले अदालतको अवहेलना भएको दावी गरेका छन्।