राष्ट्रिय सभा उपाध्यक्षमा शशीकला दाहाल विजयी

राष्ट्रिय सभा उपाध्यक्षमा शशीकला दाहाल विजयी

काठमाडौं : राष्ट्रिय सभाको उपाध्यक्षमा वाम गठबन्धनकी उम्मेदवार शशीकला दाहाल विजयी भएकी छन् । आइतबार संघीय संसद भवन नयाँ बानेश्वरमा बसेको राष्ट्रिय सभा बैठकले दाहाललाई बहुमतले विजयी घोषणा गरेको हो ।

मतदानमा कुल ५६ मत खसेकोमा ४५ मत प्राप्त गर्दै माओवादी केन्द्रकी सांसद दाहाल उपाध्यक्षमा विजयी भएकी हुन् । दाहाल प्रदेश–२ को महिला कोटाबाट राष्ट्रिय सभामा निर्वाचित भएकी हुन्। दाहालको प्रतावक दीनानाथ शर्मा थिए भने दिलकुमारी रावल थापा (पार्वती)ले समर्थन गरेकी थिइन् ।

उनकी प्रतिस्पर्धी नेपाली कांग्रेसकी राष्ट्रियसभा सदस्य विन्दादेवी आले (राना)ले ११ मत मात्रै प्राप्त गरिन् । आलेको प्रस्तावक बद्रीप्रसाद पाण्डे थिए भने समर्थन सरिता प्रसाईंले गरिन् । राष्ट्रिय सभाको अर्को बैठक चैत १३ गते १ बजेका लागि बोलाइएको छ ।

राष्ट्रिय सभामा मान्यज्यूले ‘आदरणीय जनसमुदाय’ भनेपछि..राष्ट्रिय सभामा मान्यज्यूले ‘आदरणीय जनसमुदाय’ भनेपछि..


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.