भित्री मधेसका वनमा काठ विक्रीको तयारी

भित्री मधेसका वनमा काठ विक्रीको तयारी

डडेल्धुरा : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा लगाए पछि रोकिएको काठ विक्री चालु आर्थिक वर्षदेखि व्यवसायिक प्रयोजनका लागि काट्ने र विक्री गर्ने तयारी भइरहेको छ ।

जिल्ला वन कार्यालय डडेल्धुराले मुद्दा नलागेका सामुदायिक वनबाट आन्तरिक खपतका लागि कटानी आदेश दिन थालेपछि सो क्षेत्रका दर्जनौ सामुदायिक वनले काठ काट्ने तयारी गरेका छन् ।

आवादी र राष्ट्रिय वन क्षेत्रबाट पनि व्यवसायिक प्रयोजनका लागि काठ काट्ने र विक्री गर्ने तयारी भइरहेको छ । सामुदायिक वनले उपभोक्ताको आन्तरिक खपतका लागि काठ काट्न अनुमति मागिरहेको भएपनि भित्रभित्रै काठ व्यवसायीले विक्री गर्ने गरि काम अघि बढाएको उपभोक्ता बताउँछन् ।

‘आन्तरिक खपतका लागि रुख काट्ने अनुमति मागेर व्यवसायिक प्रयोजनका लागि काठ बिक्री गर्ने परम्परा नै हो ।’ स्थानीय विरेन्द्र भण्डारीले भने, ‘सामुदायिक वन क्षेत्रमा मात्रै नभई आवादी क्षेत्र र राष्ट्रिय वनबाट काठ काट्ने उदेश्यले स्थानीय काठ व्यवसायी केहि दिन यता निकै सक्रिय हुन थालेका छन् ।’

जिल्ला वन कार्यालयले केहि सामुदायिक वनबाट आन्तरिक खपतका लागि ढलापडा र सुख्खा काठ संकलनका लागि अनुमति दिन थालिएको जनाएको छ ।

भित्री मधेसको जोगबुडास्थित सेक्टर वन कार्यालयका सहायक वन अधिकृत चिरञ्जीवी थापाले केहि सामुदायिक वनमा आन्तरिक खपतका लागि काठ काट्न थालिएको बताए ।

भित्री मधेससहित जिल्लाका एक सय आठ सामुदायिक वनमा अनियमित ढंगले रुख काटिएको र ४३ करोड बढि भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आठ वर्ष पहिले दायर गरेको मुद्दा हाल सर्वोच्चमा विचाराधिन छ ।

जिल्ला वन कार्यालयले त्यतिबेला काटिएका झण्डै १० लाख क्युविक फिट काठ अझै व्यवस्थापन गर्न सकेको छैन ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.