यतिको जहाज दुर्घटनाबाट जोगियो

यतिको जहाज दुर्घटनाबाट जोगियो

भैरहवा : यति एयरलाइन्सको जहाज रनवेमै अड्किएपछि गौतम बुद्ध विमानस्थल भैरहवाका सबै उडान प्रभावित भएका छन्। एति एयरलाइन्सको ८९३ कल साइन जहाज आइतबार साँझ काठमाडौंबाट यात्रु लिएर भैरहवा पुगेको हो।

३१ सिटे जहाजमा २६ यात्रु थिए। काठमाडौंबाट यात्रु लिएर भैरहवा पुगेको जहाज ल्याण्ड भएर पार्किक स्थलतर्फ जाँदै गर्दा विल लक हुँदा रनवेमै अड्किएको हो। गौतमबुद्ध विमानस्थलका प्रमुख टेकराज पोखरेलका अनुसार ‘नोज विल लक’ भएपछि जहाज रनवेमै अड्किएको हो।

रनवेमा अड्किएको जहाज बनाउँन काठमाडौंबाट इन्जिनियर ल्याउँनुपर्ने भएकाले उडान सामान्य हुन समय लाग्ने प्रमुख पोखरेलको भनाइ छ।

जहाज रनवेमै अड्किए पनि यात्रु भने आफ्नो गन्तव्यतर्फ गइसकेका छन्। ल्याण्डकै समयमा विल जाम भएको भए खतरा हुनसक्थ्यो। यद्यपी जहाज पार्किङ स्थलमा नजिक विमानस्थलको पश्चिम तर्फको भागमा पुगेपछि मात्र प्राविधिक समस्य देखिएको विमानस्थल कार्यालयले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.