सरकारी विद्यालयमा सीसी क्यामरा

सरकारी विद्यालयमा सीसी क्यामरा

राजविराज : विद्यालयको पठनपाठन गुणस्तरीय बनाउन राजविराज –३ स्थित केशो अनिरुद्धवति माध्यमिक विद्यालयमा सीसी क्यामेरा जडान गरिएको छ ।

प्रधानाध्यापक फुलेश्वर मण्डल र व्यवस्थापन समितिका अध्यक्ष धीरेन्द्र बर्मा ‘धीरु’ को पहलमा शैक्षिक सुधारका लागि कक्षाकोठा, लेखा, प्रशासन लगायतको कोठामा सीसी क्यामेरा जडान गरिएको हो ।

अध्यक्ष धीरेन्द्र बर्मा ‘धीरु’ ले चार लाख दुई हजारको लागतमा विद्यालयको सबै कोठामा सीसी क्यामेरा जडान गरिएको जानकारी दिँदै निकट भविष्यमै विद्युतीय हाजिरीको व्यवस्था समेत गर्न लागेको बताए ।

कक्षा १० सम्म पठनपाठन हुने उक्त विद्यालयका सबै कक्षा कोठा, लेखा र प्रशासन फाँटसहित १३ वटा कोठामा सीसी कयामरा जडान गरिएको प्रधानाध्यापक मण्डलले बताए ।

कक्षा कोठामा विद्यार्थीको पढाइ, शिक्षकले पढाउने तरिकालाई निगरानीमा राख्न र अनुशासन कायम गर्न सीसी क्यामेराले महत्वपूर्ण भूमिका खेल्ने प्रअ मण्डलको विश्वास छ ।

गुणस्तरिय शिक्षाका लागि सरकारी विद्यालयमा सीसी क्यामेरा जडान गर्ने पहिलो विद्यालय केशो अनिरुद्धवति माविले थालेको प्रयासको स्थानीय अभिभावकले प्रशंसा गरेका छन् ।

वि.स. २००९ सालमा स्थापित सप्तरीको पुरानो विद्यालयमा हाल सात सय १५ विद्यार्थी अध्ययनरत छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.