अतिक्रमण गरी बनाइएको टहरा हटाइयो

 अतिक्रमण गरी बनाइएको टहरा हटाइयो

सिरहा : जिल्ला वन कार्यालयले कर्जन्हा नगरपालिका १ बल्टिया स्थित नन्द बाबा सामुदायिक वन क्षेत्रको ५ हेक्टर जग्गा अतिक्रमण गरी बनाएको भन्दै ५० घर टहरा हटाएको छ । उक्त टहरा वनको जग्गामा नभएर कमला नदिको बगरमा भएको स्थानीयबासीको दाबी छ ।

‘सिरहा,उदयपुर,सिन्धुली र धनुषाका सर्वसाधारणले वन क्षेत्रको जग्गा कब्जा गर्ने नियतले बनाएको घरटहरा हटाउन वन ऐन, नियमानुसार पटक पटक सुचना दिएपनि स्थानीयले अटेर गर्दै आएको थियो’, वन अधिकृत सुनिल कुमार सिंहले भने,‘स्थायी संरचना निमार्ण हुन लागेपछि वन कार्यालय बल प्रयोग गरी टहरा खाली गराएका छौँ ।’

अतिक्रमण हटाएको क्षेत्र विधिवत रुपमा वन ऐन २०४९ तथा वन नियमावली २०५१ अनुसार उक्त वन क्षेत्र संरक्षण व्यवस्थापन तथा उपयोगको लागी २०५४ असार १५ मा सो वन समुदायलाई हस्तान्तरण गरेको थियो । अतिक्रमित नन्दबाबा सामुदायिक वन क्षेत्रभित्रको कमला खोला बगर भएकाले उक्त क्षेत्रमा सजिलै वृक्षारोपण गरी वन बनाउन सक्ने सम्भावना हुँदा टहरा हटाइएको जिल्ला वन अधिकृत सिंहले बताए ।

उता स्थानीयले सामुदायिक वन क्षेत्र भएपनि वन मासेर नभई कमला खोला बगरमा टहरा वनाएको भएपनि जिल्ला वनले जर्वजस्ती हटाएको गुनासो गरेका छन् । ‘हामीले फाल्गुन ४ गतेदेखि १५ गते सम्म कुम्भ मेला आयोजना गरेका थियौँ’, स्थानीय मुकुन्द दाहालले भने,‘मेलाका लागि कमला नदिको बगरमा बनाइएको टहरा वनले जर्वजस्ती भत्कादिएको छ ।’ केही दिनभित्रै फेरि यही स्थानमा मेला हुने भएकोले टहरा यथावत राखेको उनले बताए । यो धार्मिक ठाउँ(उतरायणी)मा धनुषाको गणेशनाथ चारनाथ नगरपालिका ५ का गुन्डाई टोल, उदयपुरको कटारी नगरपालिका १ का सिसनेरी टोल र सिरहाको कर्जन्हा नगरपालिका १ बल्टियाका मानिसहरुले व्यवसायीका लागि पसल थापेको दाहालले बताए ।

व्यापार राम्रो चल्छ भनेर डेढ वर्ष देखि व्यावसाय गर्दै आएको कुमार धामीले बताए । उनले भने,‘हामी वन मासेर बसेका छैनौँ, तैपनि जर्वजस्ती हामीलाई भगाउन खोजेको छ ।’ ‘सामुदायिक वनको अधिकार स्थानीय तहलाई दिएको छ’, कर्जन्हा नगरपालिका १ का अध्यक्ष मोहन केसीले भने,‘वन कार्यालयले हामीलाई कुनै समन्वय नगरी जर्वजस्ती टहरा हटाएको छ ।’

आफुहरुको सहमतिमा नै व्यापारका लागि ६÷७ घर बसाउन खोजेको सामुदायिक वनका अध्यक्ष श्याम बहादुर फुयलले स्वीकार गरे । ‘धार्मिक स्थल भएकोले यस क्षेत्रका बासिन्दालाई नदिको वारिपारि आवतजावत गर्न सजिलो हुन्छ भनेर व्यापार गर्नेलाई बसाउन खाजेको थियौँ,’ उनले भने,‘ यहाँ बसोबास गर्नेहरु वन मासेको छैन् ।’

सिरहामा ९९३ हेक्टर वन अतिक्रमण

जिल्ला वन कार्यालयका तथ्यांक अनुसार सिरहामा ४१ वटा सामुदायिक वनको ९९३ हेक्टर जग्गा अतिक्रमणमा परेको छ । अतिक्रमित क्षेत्रमा अझै १ हजार १ सय ९८ घरधुरीको बसोबास छ ।

१ हजार ९५ हेक्टर सामुदायिक वनको जग्गा अतिक्रमण गरी १ हजार २ सय ५२ घर निर्माण भएको थियो । जसमध्ये ९३ हेक्टर जग्गाको ५४ घरधुरी मात्रै वन कार्यालयले खाली गराउन सकेको छ । पछिल्लो पटक फेरी कर्जन्हा नगरपालिका १ बल्टिया स्थित नन्द बाबा सामुदायिक वन क्षेत्रको ५ हेक्टर जग्गा अतिक्रमण गरी कमला खोला बगरमा स्थानीयले बनाएको टहरा मात्रै वन कार्यालयले हटाउन सफल भएको हो ।

चुरेडाडा, देउराली, देउराली नमूना, सल्लेरी, लालीगुराँस र हातीमुण्डा सामुदायिक वनको सय हेक्टर भन्दा बढी जग्गा वर्षौदेखि अतिक्रमण गरी ९ सय घरधुरीले बसोबास गरिरहेको वन अधिकृत सुनिल कुमार सिंहले जानकारी गराए । भुमाफियाहरुले जग्गा अतिक्रमण गरेको उनले बताए ।

राजदेवीचुरे सामुदायिक वनमा १० हेक्टरको १५ घरधुरीलाई हटाएपनि बाँकी २० हेक्टर जग्गा अझै अतिक्रमणमै छ । यस्तै, मन्ठदेवी, शिव, सोनामाई, सुक्लाहा सामुदायिक वनको १३ हेक्टरको ३९ घरधुरी खाली गराएका हुन् ।

जिल्लाको १ लाख २२ हजार ८ सय क्षेत्रफल(हेक्टर)मा १ लाख १७ हजार ९ सय ६२ घरधुरी मध्ये चुरे क्षेत्रमा २१ हजार ४४ हेक्टर जग्गामा ७ हजार ८ सय १४ घरधुरीको बसोबास छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.