दुई केन्द्राध्यक्षसहित निरीक्षक निष्कासित

दुई केन्द्राध्यक्षसहित निरीक्षक निष्कासित

लहान : बिहीबारदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) मर्यादित ढंगबाट सञ्चालन नगरेको भन्दै सिरहाको दुई वटा परीक्षा केन्द्रका केन्द्राध्यक्ष र एक निरीक्षकलाई निष्कासन गरिएको छ ।

इलाका प्रशासन कार्यालय लहानका प्रमुख सोमप्रसाद भट्टराईको नेतृत्वमा खटिएको परीक्षा अनुगमन टोलीले मर्यादित तरिकाबाट परीक्षा सञ्चालन नगरेको भन्दै लहानस्थित पशुपति आदर्श मावि परीक्षा केन्द्रका केन्द्राध्यक्ष परमेश्वर राय र ब्रह्माण गोर्छारी परीक्षा केन्द्रका केन्द्राध्यक्ष रामभजन साहलाई निष्कासन गरिएको सिरहाका जिल्ला शिक्षा अधिकारी महेन्द्र महतोले बताए ।

त्यस्तै परीक्षार्थीलाई चिट चोर्न सहयोग गरेको भन्दै ब्रह्माण गोर्छारी परीक्षा केन्द्रमा खटिएका परीक्षा निरीक्षक गौरीनारायण यादवलाई पनि निष्कासन गरिएको जिशिअ महतोले बताए ।

निष्कासन गरिएको स्थानमा भोलिदेखि अर्को केन्द्राध्यक्ष र निरीक्षकले परीक्षा सञ्चालन गर्ने उनको भनाइ छ । त्यस्तै, सिरहाको तीन वटा परीक्षा केन्द्रका केन्द्राध्यक्षलाई सचेत गराइएको र अन्य परीक्षा केन्द्रमा शान्तिपूर्ण रुपमा परीक्षा सम्पन्न भएको उनले बताए ।

सिरहाबाट यस वर्षको एसइई परीक्षामा ७६ सामुदायिक र ५७ संस्थागत विद्यालयका नियमिततर्फ नौ हजार दुर्ई सय ८४ र एक्जाम्टेडतर्फ पाँच सय ९३ गरी नौ हजार आठ सय ७७ परीक्षार्थी सहभागी भएको जिशिअ महतोले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.