पेनी मार्सलका ५ सिनेमा
अ लिग अफ दियर वन
स्पोर्ट कमेडी सिनेमा हो, ‘अ लिग अफ दियर वन।’ अमेरिकन बेसबल महिला खेलाडीहरुको जिन्दगीलाई ‘फिक्सनलाइज’ गरेर सिनेमा तयार पारिएको छ। दोस्रो विश्वयुद्धताका पुरुषहरु युद्धमा हिँड्छन। बेसबल खेलका मालिकहरु आफ्नो टिमलाइ निस्क्रिय पार्न चाँहदैनन् र महिलाहरुलाई बेसबल खेलाडीको रुपमा नियुक्त गरिन्छ। १ सय २८ मिनेटको यो सिनेमा १ जुलाई १९९२ मा रिलिज गरिएको थियो।
बिग
फेन्टासी कमेडी सिनेमा हो, ‘बिग।’ कथामा १३ वर्षिया केटो जेर्सेयिट जोस ‘ठूलो’ बन्न चाहन्छ। एक बिहान उसले सोचेजस्तै ‘ठूलो’ मान्छे बनेर ब्युँझन्छ उ। सोचाइ सानै उमेरको छ, मान्छे ठूलो भइसक्यो। त्यसपछि घर छाडेर न्युयोर्क भाग्छ, उ। ‘टोय’ कम्पनीमा काममा लाग्छ। समय बित्दै जान्छ, उ आफ्नो पहिलेकै उमेरमा रम्न चाहन्छ। तर, ठूलो भइसकेको छ। १ सय ४ मिनेटको यो सिनेमा ३ जुन १९८८ मा रिलिज गरिएको हो।
वेकनिङ
सन् १९७३ मा प्रकाशित वलिभर स्याक्सको ‘वेकनिङ’ पुस्तकमा आधारित सिनेमा हो यो। ‘ब्रोङ्स अस्पताल’ का चिकित्सकको सक्रियता सिनेमाको विषय हो। माल्कोम सयरले १९६९ मा ‘एल-डोपा’ नामक औषधीको उपयोगिता भेट्छ। सयरले१९१७ देखि १९२८ सम्म फैलिएको महामारीबाट बाँचेर ‘क्याटोनीक’ पीडितहरुलाई औषधि प्रयोग गर्छ। १ सय २१ मिनेटको यो सिनेमा २२ डिसेम्बर १९९० मा रिलिज भएको थियो।
जम्पीन ज्याक फ्ल्यास
जासुसी कमेडि सिनेमा हो, जम्पीन ज्याक फ्ल्यास। टेरि डोलिटल ब्याङ्कमा काम गर्छे। आफ्ना क्लाइन्टहरुसँग कुराकानी गर्न उसले कम्प्युटरको प्रयोग गर्नुपर्ने हुन्छ। कम्प्युटरबाटै साथीहरुसँग उसले कुराकानी गरिरहेकी हुन्छे। टेरि एकदिन अनभिज्ञ मान्छे जम्पीन ज्याक फ्ल्याससँग जोडिन पुग्छे र म्यासेज पाउँछे। टेरिलाई शंका छ, ज्याक जासुस हो। १ सय मिनेटको यो सिनेमा १० अक्टोबर १९८६ मा रिलिज भयो।
राइडिङ इन कार विथ ब्वाइ
बेभर्ली डोनोफ्रीयोको जीवनीमा आधारित सिनेमा हो, ‘राइडिङ इन कार विथ ब्वाई।’ कलेज जानु नपरेपछि डोनोफ्रीयो शहरमा बरालिन थाल्छे। लेखक बन्ने सपना हुन्छ, उसको। तर, पुरा हुने सम्भावना हुँदैन। रक्सी पिउनु, स्मोकिङ गर्नु, झगडा गर्नु, कारमा शहरतिर घुम्नु उसको दैनिकी हुन्छ। बिहे गर्छे, प्रिग्नेन्ट हुन्छे र डिभोर्स हुन्छ। १ सय ३२ मिनेटको यो सिनेमा १९ अक्टोबर २००१ मा रिलिज भएको थियो।
प्रतिक्रिया दिनुहोस !