२८ हजार क्षयरोगी उपचार बाहिर

२८ हजार क्षयरोगी उपचार बाहिर

भक्तपुर : नेपालमा अझै २८ हजार क्षयरोगी उपचारको दायराबाट बाहिर रहेको एक तथ्याङ्कले देखाएको छ ।.नेपालमा वर्षेनी ४५ हजार नयाँ क्षयरोगी थपिए पनि तीमध्ये १३ हजार उपचारको दायरामा नआउने राष्ट्रिय क्षयरोग केन्द्र ठिमीले जनाएको छ ।

अन्तर्राष्ट्रिय क्षयरोग दिवसका अवसरमा आज आयोजित पत्रकार सम्मेलनमा केन्द्रका निर्देशक डा केदारनरसिंह केसीले भने , “नेपालमा नयाँ र पुराना गरी ६० हजार क्षयरोगका बिरामी छन् तर गत आर्थिक वर्ष २०७३/०७४ मा ३१ हजार ७६४ जना क्षयरोगका बिरामी पत्ता लागी राष्ट्रिय क्षयरोगको कार्यक्रमको नीतिअनुसार उपचारमा रहेका छन् ।”

नेपालमा क्षयरोगका चार हजार ३२१ उपचार केन्द्र, ९६ शहरी डट्स केन्द्र, ६०४ रोग निदान केन्द्र, २७ जीन एक्सपर्ट केन्द्र र दुई राष्ट्रिय प्रेषण प्रयोगशालामार्फत क्षयरोगको सेवा प्रदान गरिएको जानकारी डा केसीले दिए ।

क्षयरोगीको संख्या यकिन गर्न क्षयरोगको प्रारम्भिक सर्वे भइरहेको जानकारी दिँदै डा केसीले ५५ जिल्लाका ९९ क्लस्टरका करीब ५७ हजारको घरदैलोमा प्रत्यक्ष पुगेर अत्याधुनिक डिजिटल प्रविधिद्वारा रोग निदान र परीक्षणको विधिद्वारा गरिने सर्वेले क्षयरोगको वास्तविक अवस्था पत्ता लाग्ने बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.