गीत गाउने सिडिओ, नाच्ने मुख्यमन्त्री

गीत गाउने सिडिओ, नाच्ने मुख्यमन्त्री

सिरहा: मोहनी लाग्ला है... गाउँलेको बोलीले

यो बोलको गीत जब बाराका प्रमुख जिल्ला अधिकारी विजय मानन्धरले गाउन थाले, तब सिरहा रेडक्रसका सभापति राजदेव यादवले नाच्न थाले । उनले प्रदेश २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउतलाई पनि मञ्चबाट उठाएर नचाउन थाले । लगत्तै अन्य अतिथिहरू पनि उनीहरूसँगै नाचे । मुख्यमन्त्री राउत जीवनमा पहिलो पटक नाचेका हुन् ।

प्रदेश २ का आठ जिल्लामध्ये सिरहा पहिलो खुल्ला दिसामुक्त घोषणा कार्यक्रममा मुख्यमन्त्री राउतसँगै प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय यादव, प्रतिनिधिसभा सदस्यद्वय लीलानाथ श्रेष्ठ, बोधमाया यादव, प्रदेशसभा सांसद नरेश यादव, प्रमोद यादव लगायतका शिविष्ट अतिथिहरू पनि छमछमी नाच्न थालेका थिए ।

सबै अतिथिहरू एक अर्कासँग हात जोडेर गोलबद्ध भएर नाच्न थालेपछि कार्यक्रममा सहभागीहरू पनि कम्मर मर्काइ मकाइ नाच्न थालेका थिए ।

खुल्ला दिसामुक्त गर्न सिरहाका तत्कालीन सिडिओ मानन्धरले पुरानो सदाबहार हिन्दी गीत ‘रात कटे एक ख्वाब मे आए, और गले का हार बने’ बोलको गीत पनि गाए । खुल्ला दिसामुक्त कार्यक्रम कुनै सांस्कृतिक कन्सर्टभन्दा कम आकर्षण रहेन । दर्शकहरूले मनोरञ्चनको स्वाद लिए । प्रजिअ मानन्धर राष्ट्रभक्ति गीतको एम्बम समेत बजारमा ल्याएका छन् । उनले एक वर्ष सिरहामा बसेभन्दा आज सबभैन्दा खुसीको महसुस भएको बताए ।

यसअघि चर्चित गायिका जुली झाले पनि मैथली गीत गाएर मुख्य अतिथि, अतिथि तथा दर्शकहरूलाई मनोरञ्जन प्रदान गरे । उनले ‘कौने रे मासे राजा बलमजी विदेशीया गलै है नन्दो’ बोलको पुराना परम्परागत मैथिली गीत गाइन् ।

उनले गीत गाउँदा मुख्यमन्त्री राउतले ताली बजाएका थिए । कार्यक्रममा जनकपुरका कलाकर्मीहरुले पनि अनेकौँ गीतमा नृत्य देखाएर स्टेज तताए । नृत्यका क्रममा दर्शकहरूले बजाउने तालीले रौनकता थपिएको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.