भ्यानको ठक्करबाट एकको मृत्यु, एक गम्भीर घाइते

भ्यानको ठक्करबाट एकको मृत्यु, एक गम्भीर घाइते

फिदिम :  पाँचथर सदरमुकाम फिदिमदेखि सुभाङतर्फ गइरहेको पिकअप भ्यानले बाटोमा हिँडिरहेका दम्पतीलाई ठक्कर दिँदा एक श्रीमानको घटनास्थलमै ज्यान गएको छ । श्रीमानसँगै हिँडिरहेकी श्रीमती गम्भीर घाइते भएकी छिन् । पिकअपको ठक्करबाट हिलिहाङ ५ का ४२ वर्षीय मोहमलाल रणपहेलीको घटनास्थलमै मृत्यु भएको हो । संगै हिँडिरहेकी रणपहेलीकी श्रीमती इन्द्रकला रहणपहेली गम्भीर घाइते भएकी छिन् ।

शुक्रबार राति फिदिमदेखि सुभाङतर्फ जाँदै गरेको पिकअपले बाटोमा हिँडिरहेका रणपेहेली दम्पतीलाई ठक्कर दिएको थियो । गम्भीर घाइते भएकी इन्द्रकलाको पाँचथर अस्पतालमा उपचार सम्भव नभएपछि झापास्थित वि एण्ड सि अस्पताल रेफर गरिएको प्रहरीले जनाएको छ । घटनापछि चालक अजिम सुहाङलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.