पाँच हजार फूल–वनस्पति पहिचान

पाँच हजार फूल–वनस्पति पहिचान

काठमाडौं : वनस्पति विभागको अनुसन्धानबाट पाँच हजार तीन सय नौ फूल–वनस्पतिको पहिचान गरेको छ । विभागले वनस्पतिको विवरण समेटी तीनवटा संग्रहित पुस्तक शुक्रबार सार्वजनिक गरेको छ ।

द फ्लोरिङ प्लान्ट अफ नेपाल, अ हेन्डबुक अफ फ्लोरिङ अफ नेपाल (भोलुम एक) र रामापिथेकस वनस्पति उद्यानका वनस्पतिहरू नामक पुस्तक प्रकाशन भएको हो । जसमा पाँच सय ८० उन्यू प्रजाति भेटिएको उल्लेख छ । नेपालमा मात्र एक सय ९३ वनस्पति परिवार छन् । यसमा एक हजार पाँच सय १५ जाति र पाँच हजार तीन सय नौ प्रजातिको फूल फुल्ने वनस्पति रहेको अध्ययनले देखाएको छ । फूल फुल्ने प्रजातिमा मोथे एक सय १०, पाषणवेद ८७, ६६, ६१, नेपाली नामसँग जोडिएको दुई सय ४६ लगायत छन् ।

विभागले सर्वेक्षण तथा वनस्पतिका नमूना संकलन गरेर काम गर्दै आएको छ । नेपालमा करिब सात हजार प्रजातिको फूल फुल्ने वनस्पति रहेको अनुमान छ । चीन, जापान, यूके अमेरिका र नेपालका वनस्पतिविदको सहभागितामा फ्लोरा कार्याशाला आयोजना गरी फूल फुल्ने वनस्पतिको अध्ययनलाई थप प्रभावकारी बनाउँदै आएको विभागका महानिर्देशक सञ्जिवकुमार राईले बताए । पुस्तकले विद्यार्थी, अनुसन्धानकर्ता, संरक्षणकर्मी, नीति–निर्माता, योजनाकार र उद्योग व्यवसायीका लागि सहयोग पुग्ने विभागले जनाएको छ ।

जैविक विविधता महासन्धिको पक्षराष्ट्र भएसँगै नेपालले आफ्नो देशमा भएका वनस्पतिको खोज–अनुसन्धान गरी नामांकनसहित संग्रहित गर्नुपर्ने हुन्छ । २०७७ सालसम्ममा नेपालमा पाइने करिब सात हजार प्रजातिका फूल फुल्ने वनस्पतिको पहिचान गरी संरक्षण गर्ने लक्ष्य छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.