फेसन डिजाइनिङमा करिअर
फेसन क्षेत्रमा लागेर सफल हुने सपना देख्नुभएको छ होला। यदि त्यसो हो भने कहाँबाट कसरी सुरु गर्ने भनेर पनि सोच्दै हुनुहुन्छ होला। बजारमा फेसनका विभिन्न विकल्पहरू छन्, रहरअनुसार रोज्न सक्नुहुन्छ। यदि तपार्ईं फेसन डिजाइनिङमा आउन चाहनुहुन्छ भने तपाईंसँग यी पाँच वटा क्षमता हुनुपर्छ–
१) सिर्जनशीलता–
अति कलात्मक क्षमता भएकाहरू फेसन डिजाइनमा आइपुग्छन्। यो क्षेत्रमा लागुन्जेल तपाईंको स्टाइल वा कलात्मकतामा परिवर्तन हुँदै जान सक्छ। तपाईंका कामहरू विकसित हुुँदै जान सक्छन्। फेसन डिजाइनिङमा अरूले सोचिरहेकोभन्दा फरक तवरले सोच्नुपर्छ तपाईंले। आफ्नो अनुकूल अथवा बनिबनाउन क्षेत्रभन्दा बाहिर आएर सोच्न सक्ने क्षमताको आवश्यकता पर्छ।
२) ज्ञानको भोको–
प्रकृतिले नै ट्रेन्डहरू विकास भइरहेका हुन्छन्। विगतमा कस्तो ट्रेन्ड थियो र अहिले कस्ते ट्रेन्ड चल्दैछ भनेर तपाईंले थाहा पाउनुपर्छ। विगत र वर्तमानको ट्रेन्ड बुझेपछि मात्र तपाईंले आफ्नो नयाँ सिर्जना बाहिर ल्याउन सक्नुहुन्छ। अब कस्तोखाले फेसनको सुरुवात हुन्छ भनेर थाहा पाउनुपर्छ तपाईंले। त्यसका लागि कस्ताकस्ता खाले फेसन कसरी आए भनेर तपाईंले जान्नुपर्छ। त्यसैले सिक्ने कुरामा पछि पर्नु हुँदैन। नयाँनयाँ ज्ञानको खोजी गर्नुहोस्।
३) सिलाइको क्षमता–
यो संसारमा फेसन डिजाइनिबाटै निकै चर्चित बनेका मान्छेहरू पनि छन्। उनीहरू जन्मजात नै ‘सिलाउने’ क्षमता लिएर आएका हुँदैनन्, कतै सिकेका हुन्छन्। फेसन डिजाइनर कसरी बन्ने भनेर सिक्दै गर्दा कापीमा कोरेर देखाएभन्दा बढी क्षमता आवश्यक पर्छ। जे होस्, सिक्दै जाँदा तपाईं अनुभवी बन्दै जानुहुन्छ। नयाँनयाँ तरिकाहरू पनि सिक्दै जानुहुन्छ।
४) व्यापारिक सोचाइ–
फेसन डिजाइनमा सफल हुन जस्तो सिर्जनशीलता चाहिन्छ, त्यति नै व्यापारिक ज्ञान पनि हुनुपर्छ तपाईंसँग। बजेट व्यवस्थापन गर्नेदेखि बजारिया रणनीतिसम्म बुझेको हुनुपर्छ। आफ्नो सिर्जनालाई बजारमा कसरी बेच्ने भन्ने योजना हुनुपर्छ। फेसन डिजाइनर कसरी बन्ने भनेर जति सोच्नुहुन्छ, त्यति नै बजारमा आफ्नो क्षमता कसरी विकाउने भनेर सोच्नुहोस्।
५) लगनशीलता–
फेसन डिजाइनिङजस्ता सिर्जनशील कामहरू करियर फेरि रहनेहरूका लागि निर्माण भएका हैनन्। सफल डिजाइनरहरू तिनै हुन्, जो गतिशील छन्। यो एउटा ‘ग्ल्यामर’ पेसा पनि हो। यहाँ तपाईंले अत्यधिक मेहनत गर्नुपर्छ। आफ्नो क्षमता विकास गर्दै लानुपर्छ तपाईंले। यदि रुचि नभइकनै फेसन डिजाइनिङमा लाग्नु भएको छ भने यहाँबाट तपाईं सफलता हात पार्नुहुन्न।
(एफआई डीएम डट ईयूबाट साभार)