आगलागीमा १३ वर्षीय बालकको मृत्यु
धरान : सुनसरीको कोशी गाउँपालिका खुनियाकट्टामा भएको आगलागीमा १३ वर्षिय बालकको ज्यान गएको छ। आइतबार राति कोशी गाउँपालिका-१ का विन्देश्वर मरिकको घरमा भएको आगलागीमा परी उनका छोरा १३ वर्षका सुरज मरिकको ज्यान गएको प्रहरीले जनाएको छ।
आगलागीमा विन्देश्वर मरिक र उनकी श्रीमती सविता मरिक गम्भीर घाइते भएका छन्। उनीहरूको जिल्ला अस्पताल सुनसरीमा उपचार भइरहेको छ।
आगलागीबाट मरिकको घर जलेर नष्ट भएको छ। घरमा बालेको टुकीबाट आगो सल्किएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी नारायण चिमोरियाले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !
५