दसगजा क्षेत्रमा नेपालीको हत्या, भारतीयमाथि आशंका

दसगजा क्षेत्रमा नेपालीको हत्या, भारतीयमाथि आशंका

विराटनगर : सुनसरीको इटहरीबाट भारतको जोगवनी बजार पुगेका एक नेपालीको नेपाल-भारत सीमानाको दसगजा क्षेत्रमा हत्या भएको छ। इटहरी उपमहानगरपालिका- १० का ३५ वर्षीय कृष्णकुमार सुनुवारको हत्या भएको इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक सन्तोष निरौलाले बताएका छन् ।

निरीक्षक निरौलाका अनुसार आक्रमणबाट गम्भीर घाइते भएका सुनुवारलाई भारतको जोगवनी ग्रामपञ्चायत १० टिकुलिया वस्ती र विराटनगर -१६ को दरैया वस्तीबीचमा रहेको दसगजा क्षेत्रमा बेहोस अवस्थामा आइतबार साँझ फेला पारिएको थियो ।

‘खुट्टाबाट रगत बगिरहेको बेहोस अवस्थामा प्रहरीले उद्धार गरेको हो,’ उनले भने, ‘उपचारका लागि कोशी अञ्चल अस्पताल पु¥याएपछि चिकित्सकले मृत्त घोषणा गरे ।’ भारतीयले हत्या गरेको आशंकामा घटनाको अनुशन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

निरीक्षक निरौलाले घटनाका बारेमा भारतीय सुरक्षाकर्मीसँग समन्वय गरेर दोषी पत्ता लगाउने काम भइरहेको जानकारी दिए। प्रहरीले उद्धार गर्दा सुनुवारको भाँचिएको अवस्थाको देब्रे खुट्टाबाट अत्यधिक रगत बगिरहेको थियो। निरौलाका अनुसार धारिलो हतियारले छेडेर नली खुट्टा वारपार नै बनाइएको थियो। घटनामा चक्कु वा रड के प्रयोग गरिएको हो भन्नेबारे खुलिनसकेको प्रहरीले जनाएको छ ।

अत्यधिक रक्तश्रावका कारण सुनुवारको मृत्यु भएको हो। निरौलाले घटनामा संलग्न कसैको पनि पहिचान भइनसकेको बताए। शव कोसी अञ्चल अस्पताल विराटनगरमा पोष्टमार्टम गरेर सोमबार आफन्तको जिम्मा लगाइएको छ। हत्या गरिएका युवा लागूऔषध सेवनकर्ता भएको प्रहरीले जनाएको छ।

जोगवनीमा लागूऔषध सेवन गर्न गएका उनी र भारतीय युवाबीच विवाद बढेपछि घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ। ‘विवाद बढ्दै गएपछि भारतीयले आक्रमण गरेको हुन सक्छ,’ निरीक्षक निरौलाले भने, ‘आक्रमणबाट जोगिएर ज्यान बचाउनका लागि त्यहाँबाट भाग्ने क्रममा दसगजा क्षेत्रमा आइपुगेपछि बेहोस भएर ढलेको आशंका छ ।

’ उनले भारतीय भूमी मै हतियार प्रहार गरिएको भए पनि ज्यान बचाउन नेपाल प्रवेश गर्ने क्रममा दसगजामा सुनुवार ढलेको प्रारम्भिक अनुसन्धानबाट देखिएको बताए। नेपाल-भारत सीमानाको दसगजा क्षेत्रमा नेपाली युवाको हत्या भएपछि नेपाली सर्वसाधारण त्रसित बनेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.