गाई काटेको अभियोगमा पक्राउ परेका धरौटीमा रिहा
मकवानपुर: राष्ट्रिय जनावर गाई काटेको अभियोगमा पक्राउ परेका तीनजनालाई जिल्ला अदालत मकवानपुरले धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
हेटौँडा उपमहानगरपालिका वडा नम्बर-१२ का तीनजना स्थानीयबासी अदालतमा धरौटी बुझार मंगलबार रिहा भएका हुन् ।
गत कात्तिक २७ गते राति गाई काटेको अभियोगमा फागुन १५ गते पक्राउ परेका मंगलबहादुर ब्लोन. रामबहादुर ब्लोन र कान्छीमाया ब्लोन धरौटी बुझाएर रिहा भएका हुन् ।
पढ्नुस्: उपसभामुख राधिकाको स्पष्टिकरण: गाई काट्नुपर्छ भनेको होइन
अदालतको आदेशपछि धरौटीबापदको नगद जम्मा गरेर उनी तारेखमा रिहा भएका हुन् । मुद्दाको टुंगो नलागुन्जेल तीनैजनालाई अदालतले तारेखमा राखेको छ ।
हेटौँडा उपमहानगर-१२ पदमपोखरी रमन्टार निवासी गाईधनी ५५ वर्षीया कान्छीमाया तथा गाई काटेर खाएको अभियोगमा मंगलबहादुर र रामबहादुरलाई प्रहरीले पक्राउ गरेको थियो ।
यही प्रकरणमा प्रदेश नम्बर ३ की उपसभामुख राधिका तामाङले गृहमन्त्री रामबहादुर थापालाई समेत भेटेर रिहा गर्न माग गरेकी थिइन् ।
तामाङले लडेर मरेको गाईलाई मारेको आरोपमा निर्दोषलाई फसाइएको भन्दै तामाङ तत्काल रिहा गर्न माग गरेकी थिइन् ।