भरेमा ‘सनम माया ला’को 

भरेमा ‘सनम माया ला’को 

काठमाडौं : चलचित्र भैरेको अर्को गीत ‘सनम माया लाको’ मंगलबार सार्वजनिक भएको छ । उक्त गीतमा एभरेस्ट सूर्य बोहराको शब्द तथा यम बरालको संगीत रहेको छ । गीतमा यम बराल र अञ्जु पन्तले स्वर दिएका छन् । गीतको छायांकन अपर मुस्ताङ र त्यस छेउछाउमा गरिएको हो । पुरुषोत्तम प्रधानको छायांकन र वसन्त श्रेष्ठको नृत्य निर्देशन रहेको गीतमा कलाकार दयाहाङ राई र सुरक्षा पन्तको अभिनय रहेको छ ।

योभन्दा अगाडि भैरेको ‘सान्नानीलाई भेट्न आउँदा’ बोलको गीत सार्वजनिक भइसकेको छ । कार्यक्रममा फिल्मका निर्देशक बोहराले बोल्नेभन्दा पनि काम गरेरै देखाएको बताए । ‘मेहेनत गरेका छौं, आशा छ सबैले मन पराउनुहुनेछ’, उनले भने । गीतमा मौलिक भेषभूषा भएको पनि उनले बताए ।

फिल्मका नायक दयाहाङ राईले अभिनयभन्दा पनि गीतमा नाच्न गाह्रो हुने अनुभव सुनाए । ‘गीतको छायांकन अपर मुस्ताङमा गर्ने भनेपछि म लोभिएँ तर लेक लाग्यो, सुटिङ गर्न गाह्रो भयो’, उनले भने । गीतको सुटिङ गर्न चार दिन लागेको उनले जानकारी दिए ।

नायिका सुरक्षा पन्तले दयाहाङसँग नाच्न पाउनु आफ्ना लागि ठूलो सौभाग्य भएको बताइन् । ‘मैले पहिलोपटक नाचेको छु, नाच्दा धेरै टेक खानु प¥यो, जे होस् डान्सभन्दा पनि केमेस्ट्री देखाउन मेहनत गरेका छौं’, उनले बताइन् ।

गीतका संगीतकार तथा गायक बरालले धेरै समयको अन्तरालपछि एभरेस्ट सूर्य बोहरासँग काम गर्न पाएकोमा खुसी व्यक्त गरे । ‘भैरेमा पुरानो साथीसँग काम गर्न पाउँदा सपना साकार भएको छ’, उनले भने । मैले यो गीत आफ्ना अग्रजको अनुभव सँगालेर बनाएको छु’, उनले भने । भैरेको टिमबाट आफूलाई हटाइएको खबर सत्य नभएको पनि उनले स्पष्ट पारे ।

भैरे फिल्मका निर्देशक बोहरा हुन् भने निर्माता प्रेमप्रसाद पौडेल र देवीमाया अधिकारी हुन् । कार्यकारी निर्मातामा लेखबहादुर पुन र सहनिर्मातामा करुणाकर घिमिरे, सबिता गुरुङ, कुमार बस्नेत र यम बराल छन् । फिल्ममा दयाहाङ राई, सुरक्षा पन्त, विक्रान्त पन्त, बुद्धि तामाङ, वर्षा शिवाकोटी, सुनिल थापालगायत कलाकारको अभिनय छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.